चलचित्रमा भीएफएक्सको माध्यमबाट नयाँ नयाँ प्रयोग गर्दै सुदिप

असोज, काठमाडौं।

एउटा राम्रो चलचित्र पर्दामा आउँनका लागि धेरै जनाको मिहिनेत रहेको हुन्छ । पर्दा अगाडि देखिने पात्र हाम्रो मन मष्तिकमा बसेका हुन्छन् भने पर्दा पछाडि रहेर काम गर्ने पात्रहरुको पनि त्यतिकै मिहिनेत रहेको हुन्छ । पर्दा पछाडि रहेर उत्कृष्ट भिजुअल पस्किरहेका मध्येका एक हुन् सुदिप आचार्य । काठमाडौं कै हाडिगाउँमा जन्मेका उनले भिजुअल इफेक्ट फिल्म मेकिङ एन्ड मोसन ग्राफिक्समा डिग्री गरेर नै यस क्षेत्रमा होमिएका हुन् । विगत १२ वर्ष देखि यो क्षेत्रमा रहेर विभिन्न क्रियसनहरु पस्किरेहका उनले थुप्रै अवार्ड पनि हात पार्न सफल भएका छन् ।

चलचित्र 'जय परसुराम'बाट एलजीसिने सर्कल अवार्ड २०७४ चुमेका उनले गोर्खा पल्टन, वार, वीर, परदेशी, लेक साइड, मन मनै मनपराए, लुट कम्पनी, बाटो मुनिको फूल–२, त्यो १० घन्टा, मानवलगायत थुप्रै चलचित्रमा उत्कृष्ट काम गरेका छन् । उल्झन, पिंजडा ब्याक एगेन, बटरफ्लाईलगायतका आगामि चलचित्रमा ब्यस्त रहेका उनलाई एनिमेसन तथा भीएफएक्स प्रविधिलाई नेपाली चलचित्रमा भित्र्याउने श्रेय जान्छ ।

चलचित्र मानवबाट एउटा मान्छेको अनुहारबाट अर्को मान्छेको अनुहार वा जनावर बन्ने एनिमेसन प्रविधि ‘मोरफिङ’को सुरुवाती पनि उनले नै गरेका हुन् । विभिन्न विदेशी प्रोजेक्टमा फ्रीलान्चरका रुपमा काम गर्दै आइरहेका उनी विभिन्न कम्पनीका ब्रान्डका टीभीसी विज्ञापनमा पनि त्यतिकै पोख्त मानिन्छन् । चलचित्रमा भीएफएक्सको माध्यमबाट नयाँ नयाँ प्रयोग गरिरहन रुचाउने सुदीपको कला कसौले नेपाली चलचित्र क्षेत्रले आगामी दिनमा के कति फड्को मार्ने हो त्यो त आउँदा दिनहरुले प्रष्ट पार्ने छ ।

हरेक चलचित्रमा भिजुअल इफेक्ट (भिएफएक्स)को निकै महत्व रहेको हुन्छ । चलचित्रलाई भिजुअल इफेक्टले सुन्र बनाउने काम मात्रै नफई चलचित्रको हरेक पाटोमा साथ दिइरहेको हुन्छ । चलचित्रलाई कथावस्तु र अभियनले पूर्ण नहुने भएकाले चलचित्रलाई पूणै रुपमा तयार पार्न भिजुअल इफेक्टको ठूलो हात रहन्छ ।

कुनै पनि चलचित्रलाई क्यामराले खिच्न नसकिने दृश्यहरु समेत भिजुअल इफेक्ट्स र एनिमेशनको माध्यमबाट चलचित्रमा देखाउन सुदिप माहिर मानिन्छन् । छायाँकरले छायाँकन गर्न नसक्ने डरलाग्दा दृश्यलाई पर्दामा उतार्ने कामलाई भीएफएक्स भनिन्छ । अहिले निर्माण भइरहेका अधिकांस चलचित्रमा यो शैली अपनाइएको पाइन्छ ।