‘सलमान नामर्द भएकाले विवाह हुन नसकेको हो ‘ -जुबेर खान

कात्तिक, काठमाडौं।

भारतीय चर्चित रियालिटी शो बिग बोसको यतिवेला निकैनै चर्चा चलेको छ। यस संगै शो का होस्ट सलमान खानको पनि निकै चर्चा परिचर्चा चल्न थालेको छ।  यसपटकको सिजनको सुरुवातमै बिगबोस बाट निकालिएका प्रतिस्पर्धी  जुबेर खान संगको सलमानको विवाद यतिवेला निकै चुलिएको छ। जुबेरले सिजन बाट निस्किएलगत्तै सलमानविरुद्ध निकै बोलिरहेका छन् । एक भारतीय मिडियासँगको कुराकानीमा जुबेरले सलमानबारे अनेकौं नकारात्मक टिप्पणी गरेका छन् । जुबेरले सलमानको पछिल्ला १५ वर्षका सबै मुद्दा पुनः खुलाउने बताएका छन् । यसका साथै सलमानको विवाहबारे बताउँदै जुबेरले सलमान नामर्द भएकाले उनको अहिलेसम्म विवाह हुन नसकेको दाबी गरेका छन् ।

जुबेरले भने, ‘अब मैले सलमानको दिमागसँग पूर्ण रुपमा खेल्ने तयारी गरिसकेको छु । पछिल्लो एक हप्तादेखि उनका सबै केसको छानबीन गरिरहेको थिएँ । अब म एकएक गरी सलमानको सबै केस खोल्नेछु । म यति धेरै मुद्दा हाल्नेछु कि उनी आफैं चकित पर्नेछन् । मैले यति धेरै हल्ला गरेपछि सलमान र कलर्स च्यानल डरायो र आफ्नो वेबसाइटबाट उनीहरुले ती सबै भिडियो हटाइदिएका छन् जसमा सलमानले मलाई ‘नल्ला डन’ र ‘कुकुर’ भनेका थिए ।’

मिडियासंग जुबेरले बताए  ‘मैले यदि चाहेको खण्डमा यी सबै कुरा बिग बसको शोमा पनि बोलेर बाहिर निस्कन्थे तर मलाई यो थाहा थियो कि यदि मैले कार्यक्रममा सलमानविरुद्ध केही बोलें भने फुटेज इडिट हुन्थ्यो, त्यसकारण मैले दिमागले काम गरें र जे भन्नु थियो बाहिर आएर भने । अब सलमानमा आँट छ भने ममाथि लगाएको सबै आरोपको जवाफ दिउन् । यसबारे केही पनि भन्ने उनीसँग आँट छैन ।’

उनले अगाडि भनेका छन् – ‘सलमान नामर्द हुन् । यसकारण उनको विवाह भइरहेको छैन । म सलमानलाई अदालत पुर्याउँछु, उनको सबै वास्तविकता संसारसामू ल्याउनेछु । जबसम्म सलमानलाई जेलमा पुर्याउँदिन तबसम्म सुखको सास फेर्दिनँ । अब मसँग कुनै काम धन्दा छैन । म यतिबेला सलमानविरुद्ध मात्र काम गरिरहेको छु ।’

एजेन्सी