कार्तिक, काठमाडौं ।

नायिका केकी अधिकारीले चलचित्र बनाउने भन्ने खबरको अन्ततः फाइनल घोषणा गरिएको छ । सोमबार राजधानीका पत्रकार भेटघाट कार्यक्रम गर्दै चलचित्र ‘कोहलपुर एक्सप्रेस’को निर्माण घोषणा गरिएको हो । केकीले पहिलो पटक चलचित्र निर्माणमा हात हाल्दै अब नायिकाबाट निर्मात्री पनि बनेकी छिन् । यो भन्दा अघि पनि केकी अभिनेत्रीहरुले चलचित्रमा लगानी गरेका छन् । कति सफल हुन सकेका छन् त कति निर्माणबाट पछि पनि हटेका छन् । केकीको लगानी कस्तो हुनेछ त्यो पनि चलचित्र प्रदर्शनसम्म कुर्नुपर्ने देखिन्छ ।

यसका साथै केकीले निर्माण गर्ने यो चलचित्रलाई म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्दैछन् । यहि कात्तिक १३ गतेबाट छायांकन सुरु हुने चलचित्रमा निर्मात्री केकी आफै मुख्य भूमिकामा छिन् । केकीसँगै चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । केकीको होम प्रोडक्शन हाउस ुजुनकिरी आर्टस्ु बाट निर्माण हुने यो फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ ।

केकीले कार्यक्रममा बोल्दै आफ्नो लागि ‘कोहलपुर एक्सप्रेस’ ड्रिम प्रोजेक्ट रहेको बताइन् ।, ‘मैले जब फिल्म बुझेँ तबदेखि नै फिल्म निर्माण गर्न निकै मन थियो । ‘कोहलपुर एक्सप्रेस’बाट त्यो सपना पुरा भएको छ ।’केकीसँगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई पनि फिल्मका निर्माता हुन् । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहने यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । चलचित्रको सम्पूर्ण छायांकन बाँके जिल्लामा हुनेछ ।