‘फाटेको जुत्ता’को तर्फबाट २७५ जनालाई नयाँ जुत्ता

...

<pre style="text-align: justify; "><b>कार्तिक, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">यहि कात्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र&nbsp; ‘फाटेको जुत्ता’ले अहिले प्रचारप्रसारको शैली तिब्ररुपमा अगाडि बढाईरहेको छ ।&nbsp; निर्माण पक्षले फाटेको जुत्ताको फोटो फेसबुकमा पोस्ट गरेर ट्याग गर्ने २ सय ५० जनालाई हरेक हप्ता नयाँ जुत्ता उपहार दिने ‘स्किम’ ल्याएको थियो । त्यो योजना अन्तर्गत शनिवार राजधानीमा एक कार्यक्रमका बिच २ सय ७५ जनालाई चलचित्रका नायक सौगात मल्ल र नायिका वर्षा राउतले नयाँ जुत्ता प्रदान गरे । चलचित्रका निर्माता अर्जुन कुमारका अनुसार, कार्यक्रममा फाटेको जुत्ता लगाएर आउने व्यक्तिलाई पनि नयाँ जुत्ता दिइएको थियो ।&nbsp;</p><p style="text-align: justify; ">अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई ुजिन्दगी रक्सुका निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।</p><p style="text-align: justify; ">चलचित्रका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् ।</p>