नग्माको शिरमा ३ किलोको मण्डला

कार्तिक, काठमाडौं । बिगत दुई दशकदेखी सञ्चालन भइरहेको मिस युनिभर्स’ मा यो बर्षबाट नेपालले पनि भाग लिँदै छ । विश्वका बिभिन्न राष्ट्रका सुन्दरीहरुको सहभागिता रहने यो प्रतियोगीताका लागी नेपालबाट नग्मा श्रेष्ठले प्रतिनिधित्व गर्दैछिन् ।  ‘मिस अर्थ नेपाल २०१२’ भएकी नग्माको ब्यक्तिगत पहल र हिडन ट्रिजरको व्यवस्थापनमा नेपालले पहिलो पटक यो सौन्दर्य प्रतियोगीतामा भाग लिन पाएको हो । प्रतियोगीता अमेरिकाको लस भेगसमा हुने छ ।

बुधबार राजधानीमा आयोजीत कार्यक्रममा मिस युनिभर्स प्रतियोगितामा नग्माले लगाउने डिजाइनहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा मिसु श्रेष्ठ, बीना घले र आस्तिक शेरचनले डिजाइन गरेको लुगा साथै विजय महर्जन र बीना घलेले संयुक्त रुपमा डिजाइन गरेको राष्ट्रिय पोशाक पनि देखाइएको हो । लस भेगासमा आउदो नोभेम्बर २६ मा हुने मिस युनिभर्सको ६६ औं संस्करणमा नग्माले राष्ट्रिय पोशाक प्रतियोगितामा ३ किलोको ताज शिरमा लाउने भएकी छिन् ।

विजय महर्जनले डिजाइन गरेको धार्मिक महत्व बोक्ने मण्डला’ उनले प्रस्तुत गर्ने भएकी हुन् । मण्डलाका डिजाइनर विजय महर्जनले नपालमा रहेको मन्दिरहरु र तान्त्रिक शक्तिको महत्व झल्काउने भएकोले मण्डला तयार पारेको बताए । नग्माले मिसु श्रेष्ठ, विजय महर्जन, बीना घले, आस्तिक शेरचनकोसँगै सिवाङ्गी प्रधान, सुबेक्षा बदेल, अन्ति गुरुङको डिजाइन पनि प्रस्तुत गर्नेछिन् ।

यो वर्ष मिस युनिभर्समा नग्मा श्रेष्ठ सहित पाँच अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालले प्रतिनिधित्व गर्दैछ । मिस वर्ल्डका लागि नीकिता चाण्डक, मिस अर्थका लागि रोजिना श्रेष्ठ र मिस इन्टरनेशनलका लागि नीती शाहले नेपालबाट प्रस्थान गरिसकेका छन् भने मिस युनिभर्सको लागि नग्मा र मिस एसिया पेसिफिकका लागि साहरा बस्नेत तयारीमा छन् । नग्मा मिस युनिभर्स नेपालमा भित्राउनका लागी निरन्तर पाँचबर्षसम्म संघर्ष गर्नुपरेको बताएकी थिइन् । सन् २०१२ मा निरन्तर मेल मार्फन नेपाल पनि मिस युनिभर्समा सहभागी हुन चाहान्छ भनेर बारम्बार जानकारी गराउँदा पनि कुनै रिप्लाई नआएपछि उनले पछि मिस युनिभर्सको प्रधान कार्यालय अमेरिकामै गएर प्रस्ताव राख्ने मौका पाएकी थिइन् । एक कार्यक्रमका लागी अमेरिका गएको बेला नग्माले नेपाल पनि मिस युनिभर्समा सहभागी हुन चाहाने भनेपछि आयोजक टिमले यो कुरामा ध्यान दिएका थियो ।

- समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ