‘राज्जा रानी’मा यस्तो देखिदैछन् नाजिर

कार्तिक, काठमाडौं ।

चलचित्र ‘राज्जा रानी’को टीजर सार्वजनिक गरिएको छ । ५० सेकेन्ड लामो टीजरमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन फरक भूमिकामा देखिएका छन् । यसभन्दा अघि प्रदर्शन भएका उनका चलचित्रहरु भन्दा यो चलचित्रमा उनलाई फरक भूमिकामा पाउन सकिनेछ ।

यम थापाको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्र आर्यन फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा नाजिर हुसेन, केकी अधिकारी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ । पश्चिम तराइको जनजाती प्रेमकथामा यो चलचित्र निर्माण भएको छ ।

चलचित्रमा लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्र पुस २८ गतेबाट रिलिज हुँदैछ ।

Teaser:

- समाचार हिमालय टाइम्समा प्रकाशित छ ।