प्रतिभाशाली बम्जन सम्मानित

कार्तिक, काठमाडौं ।

कलाकार अमिर बम्जनलाई ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट सम्मानित गरिएको छ । ताइवानका पूर्वराष्ट्रपति मा यिङज्युले ताइवानमा भएको एक समारोहमा शुकबार अमिरलाई सम्मान गरेका हुन् ।  घाँटीभन्दा तलका कुनै पनि अंगले काम नगर्ने अमिरले मुखैले चित्र र गीत कविता लेख्छन् । उनको प्रतिभा विकासका लागि वरिष्ट कलाकार किरण मानन्धर र संगीतकार न्हु बज्राचार्यले प्रशिक्षण दिएको थिए । अमिरको लेखन र गायनमा एउटा म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

पुरस्कारको स्थापना क्यान्सर पीडित ताइवानी कवि चोउ ताक्वानको स्मृतिमा उनका आमाबाबुले गरेका हुन् । यसभन्दा पहिले झमककुमारी घिमिरेलाई पनि यो पुरस्कारबाट सम्मानित गरिएको थियो । मकवानपुरका अमिर बम्जनलाई भूकम्पपछि उद्धार गरेर काठमाडौं ल्याई उनको चित्रकला र गायन प्रतिभाको विकासमा सहयोग गर्ने संस्था करुणा फाउन्डेसन, नेपालले दिएको जानकारीअनुसार ताइवानमा अमिरको चित्रकला प्रदर्शनी पनि आयोजना गरिएको छ ।