चुनावी सभामै ढलेका गायक पाख्रिनको निधन

...

<pre style="text-align: justify; "><b>मंसिर, चितवन । </b></pre><p style="text-align: justify; ">जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । भरतपुरको चुनावी सभामै ढलेका पाख्रिनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।<br></p><p style="text-align: justify; ">चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए । पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।</p>