बलिउडका ख्यातिप्राप्त फिल्म राइटर अन्जुम राजबली काठमाण्डौ आउदै

मंसिर, काठमाडौं ।

बलिउडका व्यावसायीका तथा समिक्षात्मक रुपमा सफल सिनेमा राजनिति, सत्याग्रह, चक्रव्यूह, आरक्षण, अपहरण, कच्चे धागे, गुलाम, द लेजेन्ड अफभगत सिंह, पुकार, चाईना गेट, द्रोहकालजस्ता फिल्मका स्कृप्ट राईटर, २ दिने पटकथा लेखन कार्यशालाको लागी काठमाण्डौ आउने भएका छन् । डिसेम्बर १४ र १५ तारिखमा राजधानिको नेपाल टुरिजम बोर्डको हलमा सञ्चालन हुनलागेको उक्त कार्यशालाको लागी उनि कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

भारतिय चलचित्रमा २५ बर्ष देखीकाम गरीरहेका अन्जुम राजावली, स्कृप्ट राईटरसँगै भारतको दुई मुख्य ठुला फिल्म स्कुलहरु फिल्म एण्ड टेलिभीजन ईन्टीच्युट (एफ्टीआईआई), पुने र वीस्लीङ्ग वुड ईन्टरनेशनल, मुम्बईका स्कृप्ट राईटीङ्ग डिपार्टमेन्टका हेड टिचर पनीहुन् । उनले भारत लगायत विश्वका अधिकांश देशहरुमा पटकथा लेखन सम्बन्धी कार्यशाला सञ्चालनगर्दै आईरहेका छन तर नेपालको लागीभने उनको यो पहिलो पटक हुनेछ ।

कार्यशालाबारे जानकारी गराउदै कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले भने “बिगत एक बर्ष देखीको प्रयास पछी बल्लउहाँको नेपालआउने समय मिलेको छ । उहाँको यो वर्कशपले नेपालीचलचित्रको कथा छनौट, कथाबाचन शैली र पटकथा लेखनमानिखारता ल्याउछ भन्ने विश्वास गरेका छौँ ”

उक्तदुई दिने कार्यशालामा चलचित्रकर्मी र चलचित्र लेखनमा रुचीभएकाजो कोहीले पनी सहभागीताजनाउनपाउनेछन् । तर सिट क्षमतासिमीत भएकोले ईच्छुक सहभागीले कार्यशाला अगाडी नै मैतिदेवी स्थित एकेडेमीको कार्यलयमागएर आफ्नो सिट सुरक्षीत गर्नुपर्ने कार्यशालाका व्यवश्थापक सन्जोग रसाईलीले जानकारी गराए ।