यस्तो बन्यो कुशल र सन्ध्याको ‘ह्याप्पी न्यु ईयर’, हेर्नुहोस ट्रेलर

...

<pre><b>मङ्सिर ७,काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;कुशल थापा र&nbsp; सन्ध्या केसीको मुख्य भुमिका रहेको चलचित्र ह्याप्पी न्यु ईयर’को ट्रेलर सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।&nbsp;&nbsp;</p><p>&nbsp;देवकुमार श्रेष्ठ निर्देशित यो फिल्मको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो । लभस्टोरी कथामा निर्मित ‘ह्याप्पी न्यु ईयर’मा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।&nbsp;</p><p>चलचित्रलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् ।चलचित्र पुष १४ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउने भएको छ।&nbsp;</p><pre>trailer:
<iframe frameborder="0" src="//www.youtube.com/embed/hM3R9a_fjig" width="640" height="360" class="note-video-clip"></iframe>

</pre>