‘राज्जा रानी’मा मधेशको दाईजो प्रथाको कथा (ट्रेलर)

मंसिर, काठमाडौं ।

यहि आउँदो पुस २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘राज्जा रानी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रले मधेश समुदायमा रहेको दाइजो प्रथाको कथालाई उठाएको देखिन्छ । नायिका केकी अधिकारी र नायक नाजीर हुसैन स्टारर

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो चलचित्रको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

शुक्रबार राजधानीमा आयोजीत ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायिका केकीले ‘राज्जा रानी’को कथा उत्कृष्ट रहेको बताइन् । केकीले नेपालमा यस्तो कथामा चलचित्र निकै कम बनेको बताइएकी थिइन् । ‘मलाई यो चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको छ । चलचित्रले मनोरञ्जनमात्र होइन समाजमा रहेको प्रथा बिरुद्धको आवाजका साथ सन्देश पनि दिएको छ ।’, केकीले भनिन् । कार्यक्रममा नायक नाजीर भने अनुपस्थित थिए ।

निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो फिल्म मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ ।

trailer: