‘माइ लभ’ फिल्म हेर्ने दर्शकलाई जापान जाने अवसर

मंसिर, काठमाडौं ।

यहि मंसीर २९ गतेबाट एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइ लभ’ टीमले दर्शकका लागी नयाँ योजना ल्याएको छ । चलचित्र प्रदर्शन पश्चात हलमा गएर चलचित्र हेर्ने दर्शक मध्ये कुनै एकजनालाई जापान लैजाने अवसर प्रदान गर्ने टीमले घोषणा गरेको छ ।

जसका लागी दर्शकले टिकट नं र हलको नाम ‘माइ लभ’को फेसबुक पेजमा ट्याग वा मेसेज गर्नुपर्नेछ। भाग्यशाली विजेताले आगामी अप्रिल २५ तारिकमा जापानमा हुने माइ लभको प्रिमियरमा सहभागी हुन पाउनेछन् ।

अहिले चलचित्रको टीम प्रचारप्रसारकै लागी मोफसलमा निस्किएको छ । दर्शकको चलचित्रमा ध्यानआकर्षण गर्न फरक शैली अपनाउँदै हिडेको चलचित्र टीम अहिले पोखरामा छ । चलचित्रलाई जापानी चलचित्र मेकर तोसिआकी इतोहले निर्देशन गरेका हुन् । गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगाएतका कलाकारले फिल्ममा अभिनय गरेका छन् । नेपालमा बि.सं. ०७२ सालमा गएको भुकम्पमा जापानीज रेस्क्यु टोलीले नेपालमा पु¥याएको सहयोगको बिषयलाई चलचित्रमा उठाइएको छ ।