एक्सनले भरिएको ‘कृ’ को ट्रेलर सार्वजनिक

...

<pre style="text-align: justify; "><b>मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यसबर्षको बहुप्रतिक्षित चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरमा नायक अनमोल केसीको भरिपुर्ण एक्सन देख्न सकिन्छ । एक्सन र रोमान्स रहेको ट्रेलरमा रोमान्स भन्दा एक्सनको पार्ट नै बढी हाबि भएको पाइन्छ । ट्रेलरमा अनमोलको दुई अवस्थामा देखिन्छ । एक्सनको अवस्थामा अनमोलको शरिर बढेको पाइन्छ भने रोमान्सको बेला धेरै घटेका पनि छन् ।&nbsp;</p><p style="text-align: justify; ">ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अनमोलले आफुले डेढबर्ष भन्दा लामा समय लगाएर बनाएको चलचित्र आउन लागेको र सबैले हेरेर प्रतिक्रिया दिन समेत आग्रह गरे । साथै चलचित्रकि नव–नायिका अदिति बुढाथोकीले पनि पहिलो चलचित्र भएपछि धेरै मेहनत गरेको बताइन् । कार्यक्रममा निर्देशक सुरेन्द्र पौडेल, निर्माता भुवन केसी, सुवास गिरी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।</p><p style="text-align: justify; ">चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन छ । चलचित्र माघ २६ गतेबाट रिलिज हुँदैछ ।&nbsp;</p><pre style="text-align: justify; "><b>Video:</b>
<iframe frameborder="0" src="//www.youtube.com/embed/a9l0dhXF5sQ" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>