श्यामको मुर्ति प्रदर्शन शुरु, एउटै मुर्तिलाई ९० लाखसम्म

गोपिकृष्ण चापागाईं । पुस, काठमाडौं ।

चारबर्ष पहिले नै मुर्तिकलाको बिषयमै ललितकला क्याम्पसबाट मास्टर गरेर निरन्तर यहिक्षेत्रमा लागेका श्याम कृष्ण श्रेष्ठले एक्लो मुर्ति प्रदर्शन सञ्चालन गरेका छन् । यसअघि साथीभाईहरुसँगको ग्रुप मुर्तिकला प्रदर्शनमा सहभागी जनाउँदै आएका श्यामले अहिले यहि पुस १ गतेबाट ८ गतेसम्मका लागी जम्मा २२ वटा मुर्ति प्रदर्शनमा राखेका छन् ।

मुर्तिकार श्यामले मास्टर सकेलगत्तै प्रदर्शनमा राखिएका यी मुर्तिहरु बनाउन शुरु गरेको बताए । यहि क्षेत्रमा केहि गर्छु र देशलाई मुर्तिकला बाट पनि विश्वसामु चिनाउछु भन्ने मनशाय बोकेर अगाडी बढेका उनका बिभिन्न फरक २२ मुति हेर्न नेपाल आर्ट काउन्सिल बबरमहलमा पहिलो दिनमै उत्साहजनक उपस्थिती थियो । ‘अमुल्य थोपा’ नाम दिइएको यस मुर्ति प्रदर्शनमा ‘अमुल्य थोपा’ नाम गरेको एक मुर्ति बिशेष मानिएको छ । धर्तिलाई थोपा थोपा पानीको धेरै महत्व छ भन्ने हेतुले उक्त मुर्ति बनाइएको उनको भनाई छ । ‘हामी बसेको यो धर्तिमा एक–एक थोपा पानीले महत्व राख्छ, यो ‘अमुल्य थोपा’ मुर्तिमा पनि एक ढुंगेधारा छ जसबाट थोपा पानी झरेको छ । बिशेषगरी पानीको महत्वलाई मुर्तिबाट देखाउँन खोजेको हुँ ।’, श्यामले ‘अमुल्य थोपा’ मुर्तिको बारेमा भने । ‘जब ढुंगेधारामा नै पानीको अभाव हुन्छ र ढुंगेधारा आफैले आफ्नो लागी पानीको थोपा थोपाको संरक्षण गरेर जगेर्ना गर्न थाल्छ । त्यस पछिको अवस्था कस्तो होला ? यहि कुरालाई मुर्तिद्धारा चित्रण गर्न खोजेको हुँ ।’, श्यामले थपे । उक्त मुर्ति बाईबर ग्लासबाट निर्माण भएको हो । यस मुर्तिको मुल्य चार लाख रुपैंया रहेको श्यामले बताए ।

‘अमुल्य थोपा’ मुर्ति सँगै अन्य २१ मुर्तिहरु पनि निकै रोचक लाग्दा छन् । हरेक मुर्ति आफैले बिविध शब्द बोकेका छन् । प्रत्येक मुर्तिको बारेमा श्यामले धेरै अध्ययन गरेर बनाएको बताए । प्रदर्शनीमा ‘अमुल्य थोपा, बिभत्स परिणाम, उत्खनन्, अनुनय, मौलिकता, सुनौलो प्रस्फुटन, संरक्षण, महादेव, अस्तित्व, दिनरात, तनाव, प्रसव, उत्सुकताको पर्खाई, विवश्ताका धुन, समयका प्रहरहरु, संस्कृति, बुद्ध, माया, प्रेम, मेरो देवालय, प्रेम, संघर्षको सुरुवात’ शिर्षकका मुर्ति राखिएको छ । मुर्तिकार श्यामले बताए अनुसार प्रदर्शनीमा राखिएको मध्ये सबैभन्दा धेरे समयलागेको मुर्ति ‘महादेव’ हो जुन मुर्तिमा साढे माथि एक मानिस चढेको देखाइएको छ । यो मुर्तिक २२ मध्येको सबैभन्दा ठुलो र महंगो पनि छ । यसलाई १० महिना लगाएर निर्माण गरिएको श्यामले बताए । साथै यसको मुर्ति ९० लाख राखिएको छ । प्रदर्शनीमा सबैभन्दा मुर्तिको कम मुल्य २० हजार रुपैंया रहेको छ । साधारण मुर्ति निर्माणका लागी कम्तीमा पनि एक महिनाको समय लाग्ने उनको भनाई छ ।

चित्र बिषय लिएर पढ्ने इच्छा भएका श्याम दाजुहरुको सल्लाहले गर्दा मुर्तिकला तर्फ केन्द्रित भएको हुन् । श्यामले बताए अनुसार उनले एसएलसी दिएपछि कुन बिषय पढ्ने भन्ने कौतुहोल्ता हुँदा आर्टकलामा रहेका दाईहरुसँग सल्लाह लिँदा मुर्तिकला बिषय पढ्न पुगेको बताए । पढाईमा निरन्त मेहनत गर्दै गएको र मुर्तिबाट आफ्नो देशलाई बिदेशसामु चिनाउँछु भन्ने अठोट लिएर अगाडि बढेको उनको भनाई छ । ‘नेपालमा यस्ता मुर्तिपनि बन्छन् भनेर मैले बिभिन्न बिषयमा अध्ययन गरेर निरन्तर चारबर्षको मेहनतबाट मुर्ति बनाएर प्रदर्शनमा ल्याएको छु । बिशेषतः नेपालको मुर्तिकला नेपाली लगायत बिदेशीले हेरुन् भन्ने मेरो धारणा हो ।’, श्यामले भने । शनिबार पहिलो दिनको प्रदर्शनी हेर्न आएकाहरुले निकै राम्रो प्रतिक्रिया दिएको उनको भनाई छ । आफ्नो मेहनत अनुसार प्रतिक्रिया पाएकोमा खुसी भएको उनी बताउँछन् । ‘मैले बनाएका मुर्तिहरु हेरिसकेपछि यहाँ आउनु भएकाहरुले यतिधेरै राम्रो प्रतिक्रिया दिनुभएको छ कि मलाई यी प्रतिक्रियाले अझ थप उर्जा मिलेको छ र भोलीको दिनमा अझ मेहनतका साथ राम्रा–राम्रा मुति बनाउँनेछु ।’, श्यामले भने । उनले आफुलाई आधुनिक मुर्तिको आकारले बढी प्रभाव पारेको पनि सुनाए । उनले आफुले मुर्तिकला सिक्दै जाने क्रममा आधुनिक मुर्तिको आकारले आफ्नो मन तानेको र त्यो बिषयमा बढी अध्ययन गर्न लागेको पनि बताए । ‘मेरो अधिकांश मुर्तिहरुमा आधुनिक मुर्तिका आकारहरुको प्रधानता पाइन्छन् र मैले रोजेका भावनात्मक बिषयवस्तुलाई आधुनिक आकृतिहरुमा उतारेर प्रस्तुत गर्ने कोसिस गरेको छु । त्यसैले हाम्रो वास्तविक पहिचान  हाम्रो देशको मौलिकता भनेको हाम्रो परम्परागत मुर्तिहरु हुन् ।’, श्यामले भने । उनले मुर्तिकला सिक्नेक्रममा धेरे कलाकार  तथा उनीहरुको कलाकृति सिक्ने क्रममा ‘जेडजिस्ल बेकसिन्स्की’ बाट प्रभावित भएको बताए । उनका मुर्तिहरुमा ‘जेडजिस्ल बेकसिन्स्की’ का आकारहरुको पनि केहि प्रभाव देखिन्छन् ।

हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।