बिदेशमा भोगेका कुरा फिल्ममा

पुस, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्रको क्षेत्र पनि फराकिलो हुँदै गएको छ । बलिउड र हलिउडसँग दाज्न मिल्ने चलचित्र निर्माण भइरहेका बेला प्राय नेपाली चलचित्रहरु बिदेशमा पनि छायांकन हुने गरेका छन् । केहिसमय अघिसम्म बिदेशमा अनुमति बिनानै लुकिछिमि नेपाली चलचित्रको छायांकन हुनेगर्दथ्यो भने पछिल्लो समय बिदेशका ठाउँमा पनि प्रसासनसँग अनुमति लिएरै छायांकन हुनेगरेका छन् । त्यसले गर्दा चलचित्रको गुणस्तरमा राम्रो हुँदै पनि गएको छ । यसैबिच बैदेशीक रोजगारीमा गएका युवाको दुख तथा सुखको कथामा निर्माण भएको चलचित्र ‘मन त परदेशी’ पनि यहि पुस १४ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । बिशेषतः एक गाउँबाट धनकमाउनका लागी बिदेशीएको युवाको कथालाई चलचित्रमा समेटिएको चलचित्र युनिटको भनाई छ ।

बुधबार राजधानीका आयोजना गरिएको एक कार्यक्रममा चलचित्रका निर्माता दुर्गा बहादुर खड्काले आँफु बिदेशमा लामो समय रहँदा वास्तविक जीवनमा भोगेका कुराहरु र देखेका कुराहरुलाई चलचित्रमा उतारेको बताए । उनले आफु १६ बर्ष कतारमा बस्दाको अनुभव पनि चलचित्रको कथामा अटाएको बताउँछन् । ‘नेपालमा लगभग प्रत्येक घरबाट एकजना बिदेशमा गएकै हुन्छन् अझ बिदेशगरी गाउँघरमा त त्यो अनिवार्य जस्तै भइसकेको छ । बैदेशीक रोजगारीमा गइसकेपछि त्यहाँ कत्तिको दुख हुन्छ, के काम गर्नुपर्छ ति सबैकुरा चलचित्रमा हेर्न पाइनेछ । म आँफैपनि कतारमा १६ बर्ष बसेको छु, मैले पनि धेरे भोगेको छु, ति कुराहरुलाई पनि चलचत्रिमा समावेश गर्ने मौका पाएको छु ।’, निर्माता खड्काले भने । उनका अनुसार चलचित्रमा ४५ लाख लगानी भएको छ । खड्काले बिदेश जाने तयारीमा रहेका युवाहरुले यो चलचित्र अनिवार्य हेर्नुेपर्ने पनि बताए । बैदेशीक रोजगारीमा जानुपुर्व के कुराहरुमा ध्यान दिनुपर्छ त्यो चलचित्रबाट पनि बुझ्ने मौका मिल्ने उनको भनाई छ । ‘राजधानीमा बैदेशीक रोजगारीकै लागी भनेर दिनहुँ हजारौं युवा भित्रिन्छन् ति युवाहरुलाई चलचित्र प्रदर्शन पछि एकपटक यो चलचित्र हेरेर जान आग्रह गर्छु । किनकी चलचित्रले उहाँहरु बैदेशीक रोजगारीमा जाँदा सजग हुनुपर्ने कुराहरु पनि सिकाएको छ ।’, खड्काले भने ।

साथै चलचित्रका मुख्य नायक दिपेशराज पोण्डेले पनि चलचित्रमा आँफुले धेरैनै दुख गरेको बताउँछन् । दिपेशले चलचित्रमा बैदेशीक रोजगारीमा जाने युवाको भूमिका निर्वाह गरेको बताए । ‘एउटा गाउँबाट पैसा कमाउनका लागी बैदेशीक रोजगारीमा जाने युवाको भूमिका निभाएको छु । मैले यो भुमिका निभाउँदै गर्दा साँच्चै नै यो समस्या नेपालका लाखौं युवाहरुको हो भन्ने भान भइरहेको थियो ।’, पाण्डेले भने । साथै उनले चलचित्रमा बैदेशीक रोजगारीमा जाँदाका समस्या, दुख मात्र नभएर चलचित्रमा मनोरञ्जन पनि रहेको बताए । ‘चलचित्रमा खाली रुने मात्र काम हुन्छ भनेर नबुझ्नु होला । चलचित्रको कुनैबेला यस्ता सिन आउँछन् कि जुनबेला तपाई नहाँसी बस्दै सक्नुहुन्न ।’, उनले भने ।

त्यस्तै चलचित्रकि नायिका समिता गिरीले पनि आफ्नो प्रेमी अथवा श्रीमान बिदेशमा गएर भोग्दाका पिडा कस्तो हुन्छ त्यसको अनुभव चलचित्रबाट लिएर र त्यस्तो समस्या कसैलाई पनि पर्न नहुने बताउँछिन् । ‘मैले चलचित्रका अभिनय गर्दैगर्दा नेपाली महिलाहरुले भोग्ने दुख सम्झिएकी थिएँ त्यसैले त्यस्तो दुख कसैलाई नपरोस भन्न पनि चाहान्छु ।’, नायिका गिरीले भनिन् । साथै उनले चलचित्र स–परिवारले हेर्न मिल्ने बताइन् । चलचित्रको केहि समय अघि कतारमा बिशेष शो गरिएको थियो । बिशेष शो बाट निकै राम्रो प्रतिक्रिया आएपछि नेपालबाट पनि आशावादी रहेको निर्माता खड्काको भनाई छ ।

पत्रकार भेटघाटमा चलचित्रका निर्देशक देव नेपाल अनुपस्थित थिए । चलचित्रमा दिपेशराज र समिताका अलवा विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतको अभिनय छ । पुश्कर सुनुवारले संगीत भरेका छन् । दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेको फिल्मलाई मर्भुमी नारायण र राजेन्द्र कुमार थापाले खिचेका हुन् ।