दुई श्रष्टाको निधन

पुस, काठमाडौं ।

वरिष्ठ संगीतकार चन्द्रराज शर्माको बिहिबार बिहान निधन भएको छ ।  उनी उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित रहेका थिए । शर्मा नेपालकै पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’ का संगीतकार समेत हुन् । शर्माले चलचित्र कुमारीमा शिवशंकर मानन्धरसँग संयुक्त संगीत दिएका थिए । यसैगरी लक्ष्मण लोहनीको शब्द र नारायण गोपालको स्वरमा रहेको ‘म मरे पनि मलाई मेरो देशको माया छ’, सुदेशराज शर्माका स्वरमा रहेको ‘हामी नदीका दुई किनारा हाम्रो संगम असम्भव छ’ बोलको गीत पनि चन्द्रराज शर्माकै संगीतमा रहेको छ । ‘श्री स्वस्थानी र ‘महाकवि देवकोटा’ मा उनले संगीत निर्देशन गरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा गीति नाटक ‘मुनामदन’मा पनि उनले संगीत दिएका थिए ।

सुनौला घाम झुल्केन, आँखाहरुले रुन नखोजे (कुमारी), चपला अबला एक सूरमा (भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु (जीवनज्योति), ए मेरी मुना नभन तेसो जुनमा फुलेकी (मुनामदन), तिम्रो आकाशमा जून (मीरा राणा), तिमी आफूलाई (माणिकरत्न), मोतिका दाना (सुदेश शर्मा र संगीता राणा प्रधान) लगायत उनका चर्चित गीत हुन् । शर्माका दुई छोरा र एक श्रीमती छन् ।

त्यस्तै साहित्यकार प्रेमा शाहको उपचारको क्रममा बिहीबार बिहान निधन भएको छ । ७५ बर्षिय शाहको अमेरिकाको एक अस्पतालमा उपचार भइरहेको थियो । नेपाली साहित्यको कथा क्षेत्रमा प्रेमा शाहको अतुलनीय योगदान रहेको छ । उनको ‘पहेलो गुलाफ’ कृति निकै चर्चित छ । यसबाहेक उनका धेरै कथाहरु मानक भएका छन् । उनी आफ्नी छोरी नायिका जल शाहसँगै अमेरिकाको युटा राज्यको साल्ट लेक सिटीमा बस्दै आएकी थिइन् ।