<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘ह्याप्पी न्यू इयर’ टीमले चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा ‘तिमी नै मेरो’ बोलको गीत सार्वजनिक गरेको छ । गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । मनोरम दृश्यमा सुट गरिएको गीत फिल्म रिलिजको चार दिन पहिले आउट गरिएको हो ।</p><p style="text-align: justify; ">केही दिन पहिले मात्र चलचित्र निर्माण यूनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ । नयाँ वर्षलाई लक्षित गर्दै पौष १४ गते चलचित्रले प्रदर्शन आरम्भ गर्दैछ । न्यू इयर इभ देखि रिलिज हुने यस फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष रोल रहेको छ । यस चलचित्रलाई रति थापाले निर्माण गरेकी हुन् ।</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/5rN_N9Tk854" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>







११ पुष २०७४, मंगलवार ०८:०७ 








