फार्म हाउसमा सलमानले मनाए जन्मदिन

पुस, मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता सलमान खान बुधबारबाट ५२ वर्ष पुगेका छन् । भारतीय मिडियाका अनुसार सलमान खान आफ्नो परिवार र सीमित साथीहरुका माझ पनवेल फार्म हाउसमा आफ्नो ५२ औं जन्मदिन मनाएका छन् । सलमान खानका घनिष्ट मित्रसमेत रहेका फिल्म निर्माता साजिद नडियाडवालाका अनुसार हरेक वर्ष सलमानले आफ्नो पनवेल फार्म हाउसमै जन्मदिन मनाउने गरेका छन् । जन्मदिनमा सलमानका साथीसँगै उनको पूरै परिवार सहभागी भए ।

जसमा मलाइका अरोरा र अमृता अरोरा पनि सहभागी थिए । त्यस्तै सलमान खानका नजिकका मित्रहरु यूलिया वान्तूर र कटरीना कैफ पनि पनवेल फार्म हाउस पुगे । टाइगर सीरीजका दुवै निर्देशक अली अब्बास जफर र कबीर खान पनि सलमान खानको जन्मदिनको पार्टीमा भाग लिए ।

हालैमात्र सलमानेको सुपरहिट फिल्म ‘टाइगर जिन्दा है’ रिलीज भइरहेको छ । नेपालीहलहरुमा पनि यतिखेर ‘टाइगर जिन्दा है’ले हाउसफुलको ब्यापार गरिरहेको छ ।  सलमान र कट्रिना कैफको मुख्य भूमिका रहेको यो फिल्मले प्रदर्शन भएको पाँच दिनमै १ सय ७३ करोड कलेक्सन गर्न सफल भएको छ ।