‘शत्रुगते’को पहिलो गीत सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify;">आउँदो चैत्र ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘रुपै मोहनी’ बोलको गीतमा चलचित्रका सबैजसो कलाकारलाई फिचरिङ गरिएको छ । छायांकनदेखि नै चर्चामा रहेको यो लोकलयको गीतमा लोकराज अधिकारीको शब्द, टंक वुढाथोकीको संगीत, मिना निरौला र टंककै स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दिर्घ गुरुङको छायांकन छ ।&nbsp;</p><p style="text-align: justify; ">हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको नृत्यका कारण पनि यो गीत सार्वजनिक अगावै चर्चामा थियो । गीतको भिडियोमा ३ पुस्तालाई देखाइएको छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रलाई मह संचारको प्रस्तुतीमा कलाकार किरण केसीले निर्माण गरेका हुन् ।<br><pre>Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/i7OcBvfB4lM" width="640" height="360" class="note-video-clip"></iframe>
</pre></p>