राष्ट्रिय गीतीसंग्रह ‘सुरक्षा’ राष्ट्रकवि घिमिरेद्धारा बिमोचन

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

राष्ट्रियप्रेमले ओतप्रोत आठ गीत समावेश गरिएको संगीतकार सन्तोष श्रेष्ठको ‘सुरक्षा’ गीतीएल्बम बिमोचन गरिएको छ । राष्ट्रकवि माधव प्रसाद घिमिरे लगायतका बिभिन्न गीतकारहरुको शब्दमा रहेका आठ वटै गीतमा संगीतका श्रेष्ठले संगीत भरेका छन् । एल्बम शनिबार भृकुटिमण्डपस्थित पर्यटन बोर्ड हलमा राष्ट्र कवि घिमिरेले बिमोचन गरे ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेद्धारा लिखित ‘पश्चिम रुन्छ महाकाली’ बोलको गीतको भिडियो पनि देखाइएको थियो । गीतमा शिव परियारले स्वर दिएका छन् भने भिडियोलाई शान्ति प्रियले निर्देशन गरेका छन् । भिडियोमा विरेन्द्र भाट ‘विपिन’को छायांकन छ । एल्बममा समावेश अन्य गीतमा गीतकार कालि प्र. रिजाल, श्रीपुरुष ढकाल, दिपक जङगम, नवराज लम्साल लगायतको शब्द छ । बिमोचन कार्यक्रममा राष्ट्रकवि घिमिरेको हातबाट गीतसँग सम्बन्धित बिभिन्न प्राविधिक तथा स्रष्टाहरुलाई एल्बम उपहार स्वरुप दिइएको थियो भने राष्ट्रकवि घिमिरेलाई भने संगीतकार श्रेष्ठले एल्बम उपहार दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ९९ बर्षिय राष्ट्रकवि घिमिरेले संगीतकार श्रेष्ठले राष्ट्रियभावले भरिएको एल्बम बजारमा ल्याउँदा निकै खुसी लागेको बताए । उनले अहिलेको समयमा राष्ट्रिय गीत बजारमा ल्याउनु चुनौती पनि रहेको बताए । ‘समय धेरै परिवर्तन भएको छ । राष्ट्रिय गीत बजारमा आउन छाडिसकेका छन्, त्यसैबिच सन्तोष श्रेष्ठले राष्ट्रिय गीतको एल्बम नै ल्याउनु भयो यो धेरै ठुलो कुरा हो ।’, घिमिरेले भने । साथै घिमिरेले अहिलेका पुस्तालाई राष्ट्रिय गीतप्रति इच्छा राख्न आग्रह समेत गरे । कार्यक्रममा गीतकार कालिप्रसाद रिजालले पनि अहिलेका युवाहरु गीतमा गम्भिर नहुने बताए । उनले आफुलाई गीत लेखिदिनुस भन्दै आउनेहरु प्रति गम्भिरतापन नरहेको भन्दै चिन्ता ब्यक्त गरे । ‘अहिलेका युवाहरु गीत लेखिदिनुस भन्दै आउँछन् तर उनीहरुलाई चटपटे गीत चाहिन्छ, देशप्रेमी गीत, शब्दमा भाव भएका गीत रुचाउँदैनन् । जमाना धेरै परिवर्तन भइसकेछ ।’, गीतकार रिजालले भने । रिजालले संगीतकार श्रेष्ठको मन जस्तै अन्य स्रष्टाहरुको पनि मन हुनुपर्ने बताए ।

साथै गीतकार दिपक जङ्गमले पनि अहिलेका मिडियाहरुले राष्ट्रिय गीतलाई स्थान नदिएको भन्दै दुख ब्यक्त गरे । राष्ट्रिय गीतबाट कुनै आम्दानी नहुने भन्दै पहिल्लो पुस्ता यस्ता गीत निर्माणबाट पन्छिदै गएको उनेको भनाई थियो । त्यस्तै गीतकार डा. नवराज लम्सालले ‘सुरक्षा’ एल्बममा तिन किसिमका गीत रहेको बताए । अन्तर हृदयबाट देशभाव जोडिएका गीत, नेपाली विम्बहरुलाई टेकेर बिम्वहरुको माध्यमबाट देशलाई माया गरिएका गीत र नेपाली बिम्वहरुको बारेमा मात्र लेखिएको गीत ‘सुरक्षा’मा समावेश गरिएको उनको भनाई थियो  ।

साथै लम्सालले कुनैपनि स्रष्टाहरुलाई गीत लेख्दा सबैले प्रसंसा गर्ने खालका गीत लेख्न पनि आग्रह गरेका थिए । ‘आफुले सयौं गीत गाएको छु भन्दै हिड्ने तर दुईचार जना मानिसको बिचमा गीत सुनाउनुपर्दा मनछुने कुनैपनि गीत छैनन् भने गणनामा मात्र सिमित रहन्छन् ।’, डा. लम्सालले भने । संगीतकार श्रेष्ठले बरिष्ठ गीतकारहरुको शब्दमा आफुले संगीत गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै उनले राष्ट्रयगीतमा आफुलाई निकै रुचि रहेको पनि बताए । कार्यक्रममा थुप्रै गायक/गायिका तथा अन्य स्रष्टाहरुको उपस्थिती थियो । संगीतकार सन्तोषको यो २१ औं एकल एल्बम हो ।

तस्बिरः गोपिकृष्ण चापागाईं । आर्टिष्ट खबर ।