महेश प्रसाईको ‘अतिरिक्त स्वरहरु’ विमोचन

माघ, ललितपुर ।

लघुकथा सर्जक महेश प्रसाईको लघुकथा कृति ‘अतिरिक्त स्वरहरु’को विमोचन गरिएको छ । मंगलबार ललितपुरको सिद्धेश्वर मन्दिर प्राङ्गण, लेलेमा कृति विमोचन गरिएको हो । कार्यक्रमको पहिलो सत्रमा लघुकथा कृति विमोचन एवम् कृतिमाथि समीक्षा गरिएको थियो भने दोस्रो सत्रमा लघुकथा रचना वाचन गरिएको थियो ।

शब्दपथका संयोजक किशोर पहाडीको अध्यक्षता, वरिष्ठ आख्यानकार राजवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन शब्दपथका मुरारी सिग्देलले गरेका थिए । लघुकथा कृति विमोचन पछि कृतिमाथि समीक्षा प्रस्तुत गर्दै समीक्षक डा. पुष्करराज भट्टले प्रसाईका लघुकथाको मूल स्वर समसामयिक राजनतिक एवम् सामाजिक विकृतिमाथि व्यङ्ग्य भएको विचार प्रस्तुत गरे ।  भट्टले उनका कृतिमा पात्र चयनमा नवीनताका साथै स्वैरकल्पना रहेको चर्चा गरे । प्रमुख अतिथि राजवले विश्व साहित्यमा लघुकथा परम्पराको चर्चा गर्दै लघुकथा आफैमा पूर्ण विधा भएको विचार व्यक्त गरे । कृतिका लेखक महेश प्रसाईले आफ्नो लेखन यात्रा एवम् लघुकथा लेखनका बारेमा चर्चा गर्दै अबको आफ्नो लेखन सरलता उन्मुख हुने विचार राखे । कार्यक्रमका संयोजक किशोर पहाडीले शब्दपथले गर्दै आएको कार्यका बारेमा चर्चा गरे ।  कार्यक्रमको दोस्रो सत्रमा राजव, महेश प्रसाई, किशोर पहाडी, निशा केसी, दिव्य गिरी, सुनिल पुरी,  नारायण तिवारी, डा. पुष्करराज भट्ट, मुरारी सिग्देल, ध्रुव मधिकर्मी एवम् रत्न कोजूले लघुकथा वाचन गरेका थिए ।