‘छमछमी’बाट नेहा बाहिरिइन्

माघ, काठमाडौं ।

नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो 'रियो छमछमी ३’ बाट यस हप्ताबाट काठमाडौंकी नेहा तामाङ बाहिरिएकी  छिन् । काठमाडौंबाट अडिसन दिई टप ८ सम्म आइपुगेकी नेहाले टप ८ को प्रस्तुतिबाट दर्शकलाई त्यति सन्तुष्टि दिन नसकेको कारण दर्शकबाट सोचेजति माया भोट मार्फत् बटुल्न सकिनन् । आफ्नो प्रस्तुतिमा निर्णयकबाट बारम्बार वाहवाहि बटुले पनी अघिल्ला हप्ता देखि नै भोटका आधारमा उनी लगातार पाँचौ हप्तासम्म पनि बटम ३ मा रहंदै डेन्जर जोनमा पर्दे आएकी थिइन् ।

टप ८ को शो को अन्त्यमा निर्णायकले परिणमको खामबन्दी नतिजा खोल्दा अघिल्लो हप्ताको प्रस्तुतिको आधारमा उनले प्राप्त गरेको भोट उनलाई अगाडि लैजान काफि भएन । सोही राउण्मा हेटौंडाका सरोज राना प्रजाले भने सबभन्दा बढि भोट प्राप्त गर्ने प्रतिस्पर्धीको रुपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ह्याम्पर प्राप्त गरे । शोमा कलाकार नेपाली चलचित्र क्षेत्रकी प्रथम नायीका भूवन चन्दकोे उपस्थितिले थप रोमाञ्चकता थपेको थियो ।

शोबाट बाहिरिंदै गर्दा उनले एल जि को ३२ इन्चको स्मार्ट टि भि पुरस्कारको रुपमा प्राप्त गरेकी छिन् । प्रतियोगितामा अब ४ जना पुरुष र ३ जना महिला प्रतिस्पर्धी मैदानमा छन् । यस अघिका हप्ताहरुमा भोटका आधारमा टप १२ मा रहेका प्रतिश्पर्धीहरु मध्ये धरानका आतिस जैरु, कोहलपुरका रोशन विश्वकर्मा, बुटवलका अविनास हमाल र बिराटनगरका मनिष कटुवाल शोबाट बाहिरिसकेका छन् ।

यो रियालिटी शोमा प्रथम हुनेले डाट्सनको रेडि गो कार, द्वितीय हुनेले रु. ५ लाख बराबरको  एल जि होम एपलाइन्सेस, तृतीय हुनेले रु. ३ लाख बराबरको  एल जि होम एपलाइन्सेस र टप १० भित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एल जि स्मार्ट टि भि पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । टप १२ देखि नै भोटिङ राउण्डको रुपमा दर्शकको निर्णय (भोट) लाई आधार बनाई टप ५ राउण्डसम्म संचालन हुनेछ र अन्तिम ५ प्रतिश्पर्धीले ग्राण्ड फिनालेमा आफ्नो प्रस्तुति दिनेछन् । ग्राण्ड फिनालेको विजेताको निर्णय समेत दर्शकहरुको भोटिङकै आधारमा हुनेछ । रियो छमछमी ३ हरेक बुधवार बेलुकी ८ः४० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।