‘पिंजडा ब्याक अगेन’ प्रिमियरः निखिल–साराको तारिफ (भिडियो)

माघ, काठमाडौं ।

नायक निखिल उप्रेती र नायिका सारा सिर्पालीको मुख्य भूमिका रहेको चलचित्र ‘पिंजडा ब्याक अगेन’ आजबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । यसैबिच बुधबार यसै चलचित्रको प्रिमियर शो समेत गरिएको छ । एक्शन चलचित्र पिंजडा ब्याक अगेनमाको प्रिमियर शो हेरिसकेपछि उपस्थित चलचित्रकर्मि तथा पत्रकारहरुले निखिल–साराको अभिनयलाई तारिफ गरेका थिए । निखिलको भरपुर एक्सन र साराको अभिनयले दर्शक तान्ने प्रिमियरमा उपस्थित चलचित्रकर्मिहरुको भनाई थियो । ‘मलाई चलचित्रको कथा एकदमै मन प¥यो । यत्तिको चलचित्रलाई दर्शकले मज्जाले मन पराउनुहुन्छ ।’, चलचित्र हेरिसकेपछि नायक रमेश उप्रेतीले भने । यस्तै नायिका संचिता लुइटेलले निखिलको एक्शनले मन छोएको बताइन् । साथै उनले चलचित्र हेर्दा आँखा रसाएको पनि बताइन् । ‘चलचित्रमा एक्शनको पाटो हेर्दा खुबै मज्जा आउँछ । एक्शन सँगै चलचित्रको सेन्टिमेन्टल सिनले आँखा रसाउछ । मेरो नि आँखा रसाएका थिए ।’, संचिताले भनिन् । साथै अन्य चलचित्रकर्मिले पनि चलचित्रको गीतसंगीतको पनि तारिफ गरेका थिए ।

यस्तै चलचित्रका नायक निखिल उप्रेतीले चलचित्रमा मेहनत गरेको र अब मुल्यांकनका लागी दर्शकसामु छोडिएको बताए । उनले दर्शकलाई चलचित्रमा एक्शनमात्र छ भन्ने नसोच्न आग्रह गरेका थिए । ‘निखिल भएपछि चलचित्रमा एक्शन छ हुनैप¥यो त्यसैले एक्शन पनि हेर्न पाउनुहुनेछ । तर चलचित्रमा अन्य कुराहरु पनि छन् जसले दर्शकलाई खुसी बनाउनेछ ।’, निखिलले भने । साथै निखिलले प्रिमियर हेरेर निस्किएका चलचित्रकर्मिहरुबाट पाएको प्रतिक्रिया बुझ्दा दर्शकलाई पनि मनपर्ने बिश्वास लिएको बताए । साथै चलचित्रकि नायिका साराले पनि चलचित्रमा मेहनत गरेअनुसारको प्रतिक्रिया पाउँदा खुसी लागेको बताइन् । उनले चलचित्रको छायांकनको क्रममा धेरै दुख गरेको पनि सम्झिइन् । ‘कतिपय दृश्यका लागी साह्रै गाह्रो पनि भएको थियो । त्यो दुख अहिलेसबै बिर्सिने रहेछ । खुसी छु सबैको प्रतिक्रियाबाट ।’, साराले भनिन् । साथै उनको अभिनयले दर्शकका आँशु झरेको देख्दा राम्रो काम गरेछु भन्ने अनुभव भएको बताइन् । चलचित्रका निर्देशक हिमाल केसीले पनि चलचित्रको प्रतिक्रियाबाट आफु उत्साहित भएको बताए । केसीले पहिला देखीनै निखिलको एक्शन भरपुरमात्रामा पाउनुहुनेछ भन्दैपनि आएका थिए ।

Premier Show Response of 'Pinjada Back again'

श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ ।

‘पिंजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । फिल्ममा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।)