माघ ,काठमाडौं ।

आफ्नो अस्तित्वको खोजीमा संघर्ष गर्ने पात्रहरुको कथामा चलचित्र ‘गरुड पुराण’ बन्ने भएको छ। बुधबार राजधानीमा एक कार्यकमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको औपचारिक घोषणा गरेको हो। सुवास कोइराला र सुशन प्रजापतिको निर्देशनमा बन्न लागेको यस चलचित्रमा कर्मा, नाजिर हुसेन,प्रविन खतिवडा, कामेश्वर चौरासिया, प्रियंका सिंह ठकुरी, लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्टको मुख्य भूमिका रहनेछ ।यसै चलचित्रबाट प्रियंका सिंह ठकुरीले नायिकाको रुपमा डेब्यु गर्दैछिन् ।

चलचित्रको छायांकन बिहिबारबाट सुरु हुने बताइएको छ ।चलचित्रमा कसम नेपालको कथा, सुवास कोइराला, आकाश बराल र विनोद खतिवडाको पटकथा, आकाश बरालको संवाद, कोशिश क्षेत्री र सतिज श्रेष्ठको संगीत रहनेछ ।

अजित फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा फिल्ममा अजित प्रजापति र अशोक गौतमको लगानी रहनेछ ।

१० माघ २०७४, बुधबार ०७:३५