सर्वनाममा मिलापको गजल वाचन

माघ, काठमाडौं ।

सर्वनाम थिएटरमा शनिबार गजल वाचन गरिएको छ । मिलाप मासिकको आयोजना र बराह ज्वेलरीको प्रयोजनमा भएको उक्त कार्यक्रममा तीन युवा गजलकार क्रमशः मिलन शाह शंकर, हरि पंगेनी र पवन गदाल रुद्रले पाँच÷पाँचवटा गजल वाचन गरेका थिए । सो कार्यक्रमको अवसर पारेर धरोहर बाल संरक्षणको डकुमेन्ट्री देखाइएको थियो भने आश्रमकी सञ्चालिका विनिता अर्याललाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्रका साथ सम्मानित गरिएको थियो । सोही कार्यक्रममा उक्त बाल आश्रमलाई समाजसेवी शान्ति श्रेष्ठले नगद दश हजारको चेक हस्तान्तरण गरिन् ।

नायिका एवं गायिका सारिका घिमिरेले स्वागत मन्तव्य दिएर सुरु भएको कार्यक्रममा तीनैजना गजलकारलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुकार पौडेलको हातबाट सम्मानपत्र प्रदान गरेको थियो । उक्त कार्यक्रममा विशिष्ट कलाकार वसुन्धरा भुसाल, कलाकार संघका अध्यक्ष राम केशर बोगटी, उत्तम केसी निर्मल शर्मा, लय संग्रौलाका साथै संगीतकारमा राजु सिंह, राम सिटौला, सन्तोष श्रेष्ठ र ललित–कला प्राज्ञ ज्योति प्रकाश तथा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीलगायत कलाकार एवं संगीतकर्मीको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले नेपाली गजलले निकै लामो फड्को मार्दै आइरहेकोे र यसलाई निरन्तरता दिनमा आजको पुस्ता प्रयासरत रहेकोमा खुशी व्यक्त गरे । कार्यक्रमलाई गजलकार बाबु त्रिपाठीले सञ्चालन गरेका थिए भने कार्यक्रमको समापन कार्यक्रम सभापति गीता अधिकारीले गरेकी थिइन् ।