क्लिन काष्ठमण्डपसँगै राजेश हमाल

माघ, काठमाडौं ।

राजधानीको फोहोरमैला, धुलोधुवा निर्मुल पार्नका लागी गएको पुसको दोस्रो साताबाट शुरु भएको ‘क्लिन काष्ठमण्डप’ अभियानमा अभिनेता राजेश हमालपनि सहभागी भएका छन् । बिभिन्न ब्यक्ति तथा संघसंस्थाले शुरु गरेको यो अभियानको धारणा निकै राम्रो भएकाले आफ्नो अभियानमा जोडिएको हमालले बताएका छन् ।

मंगलबार शहिद दिवसको अवसरमा आयोजना गरिएको साइकल ¥याली कार्यक्रममा सहभागी जनाउँदै हमालले राजधानीको प्रदुषणले मानिसको आयु घटाउँदै लगेको बताए । ‘हामी दिनहुँ काठमाडौंको प्रदुषणमा काम गरिरहेका छौं । यस्तो प्रदुषण रोक्नका  लागी सर्वप्रथम आफुबाट शुरुवात गर्नु आवश्यक छ ।’, अभिनेता हमालले भने । आफु काठमाडौं बासी भएकाले पनि बिगत लामो समयदेखी यहाँको स्थित बुझ्दै आएको उनले बताए । ‘म काठमाडौंको कपुरधारामा लामो समयदेखी बस्दै आएको छु । समय बदलिएसँगै काठमाडौंको मुहार पनि बदलिएको छ तर फोहोर मैला दिनानुदिन थुप्रिदै गएको छ । यसका लागी ब्यक्ति स्वयम सचेत हुनु आवश्यक छ । कुनै संघसंस्थालाई ताकेर बस्नुहुँदैन ।’, हमालले थपे । उनले स्वयम्बुबाट साइकल यात्रा शुरु गरी बबरमहलमा पुगेर विरुवामा पानी हालेका थिए ।

अभियानमा विश्व साइकल यात्री पुष्कर शाह, त्यसैगरी बिभिन्न संघसंस्थाका पदाधिकारी, बैंकर्स, वातावरण बिद्हरुको उपस्थिती थियो । अभियानलाई अगाडि ल्याएका युवा केपि खनालले आफु राजधानी आउनासाथ यहाँको धुवाधुलोले आफ्नो मन छोएको र यसलाई हटाउनका लागी लागिपरेको बताउँछन् । उनले कुनै एक ब्यक्ति तथा संस्थाले मात्र राजधानीलाई सफा बनाउन नसक्ने हुँदा राजधानीबासी सम्पुर्णलाई आफ्नो अभियानमा सहभागी जनाउन आग्रह समेत गरे  । साथै आउँदो साता ललितपुरका बिभिन्न सडकमा सफा गर्ने कार्यक्रम रहेको उनले बताए ।

video: