‘पटुकी’ नायिका रजनी केसी घाईते, खुट्टामा चोट

...

<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नायिका रजनी केसी घाईते भएकी छिन् । केहिदिन अघि राजधानीको मनमैजुस्थित आफ्नै निवासमा बिहानीको समयमा ब्यायाम गर्ने क्रममै लडेकी घाइते भएकी हुन् । उनलाई खुट्टामा चोट लागेको छ भने अहिले उपचारपछि आराम गरिरहेकी छिन् । उनी अभिनित चलचित्र ‘पटुकी’ भोली (शुक्रबार) बाट देशभरीका हलहरुमा रिलिज हुँदैछ ।</p><p style="text-align: justify; ">‘घरमै शारिरीक ब्यायाम गर्नेक्रममा लड्न पुग्दा खुट्टामा चोट लागेको हो । अहिले आराम गरिरहेकी छु ।’, रजनीले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । उनका अनुसार चिकित्सकले उनलाई दुईसाताको समयसम्म आरामको समय दिएका छन् । साथै रजनीलाई चलचित्रको प्रदर्शनको मिति नजिकै आउँदा कतै हिड्न डुल्न नसक्दा निकै दुख लागेको बताइन् । ‘चलचित्रका प्रमोशनको बेला हिड्न नपाउँदा दुख लागेको छ । तैपनि घरमै बसेर बिभिन्न मिडियाका साथीहरुको माध्यमबाट प्रमोशनको काम गरिरहेकी छु ।’, उनले भनिन् ।&nbsp;</p><p style="text-align: justify; ">म्याकटेन&nbsp; कालु प्रस्तुतकर्ता रहेको चलचित्र ‘पटुकी’&nbsp; मा नायिका रजनीले नव नायक जेम्स बिसीसँग जोडी बाँधेकी छिन् । मनसुधा मिडियाको&nbsp; निर्माणमा&nbsp; बनेको चलचित्रले सामाजिक कथा बस्तुलाई उठान गरिएको छ ।&nbsp;&nbsp;चलचित्रमा मा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ, नवराज अधिकारी लगायतको अभिनय छ ।</p><pre style="text-align: justify; "><b>Patuki Trailer:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/gI7tfZbvpr8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><p style="text-align: justify; ">&nbsp;</p>