शेरबहादुर हलमा, दर्शक भन्छन् थ्रिलर सबैभन्दा बेष्ट

माघ, काठमाडौं ।

आजबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘शेरबहादुर’ को थ्रिलर पाटोलाई बढी रुचाइएको छ । बिहानको पहिलो शो हेरिसकेका अधिकांश दर्शकले थ्रिलरको पाटोले आफुहरुको मन छोएको बताएका छन् । बालाजु बाइपासस्थित अष्टनारायण हलबाट निस्किएका दर्शक मध्ये एकले भने– ‘फिल्ममा थ्रिलरको पाटो जे होस् मज्जा आउनेखालको रहेछ । चलचित्रको समयभरी कुनैपनि ठाउँमा बोर लागेन ।’ त्यस्तै देशभरीका बिभिन्न हलहरुबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र युनिटको भनाई छ ।

साथै गएको बुधबार साँझ राजधानीको कुमारी हलमा गरिएको प्रिमियरबाट पनि चलचित्रको थ्रिलरको पाटोको निकै तारिफ गरिएको थियो । बिभिन्न चलचित्रकर्मि तथा सञ्चारकर्मिहरुले चलचित्रको खुलेरै प्रशंशा गरे । दर्शकले चलचित्रले आफ्नो समयसम्म मज्जाले बाधेर राख्ने सक्छ भन्ने धारणा धेरैबाट सुनिएको थियो ।

video:

समिक्षकहरुले पनि फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन् । केहि कमी कमजोरीबाट बाहिर निस्किँदा चलचित्रले उठाएको विषयवस्तु र यसको प्रस्तुती दर्शकको चाहना अनुसारको भएको तर्क फिल्ममाथी गरिएको छ । सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा, जान्वी बोहरा लगायतका कलाकारले निभाएको भुमिकालाई धेरै दर्शकले तारिफ गरेका छन् ।

निर्देशक आर राजवंशी तथा क्रियटिभ निर्देशकको भुमिका निभाएका प्रदिप भट्टराईको कामलाई पनि दर्शकले तारिफ गरे । शुक्रबारबाट दर्शक समक्ष आउने चलचित्रलाई मल्टिप्लेक्स तार्गेटेड भनिएको छ ।चलचित्रलाई मल्टिप्लेक्स दर्शकले मन पराउने विश्वास निर्माण टिमको छ । चलचित्रलाई राजधानीमा गोपालकाजी कायस्थ र राजधानी बाहिर एफडि कम्पनीले वितरण गदैछन् । गौरिशंकर धुँजु र धिरज राजवंशी निर्माता रहेको फिल्मलाई दिर्घ गुरुङ र निर्णय जिसीले खिचेका हुन् । प्रमोद क्षेत्रीले लेखेको कथामा तयार फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।