आफ्नो चलचित्र कसरी नराम्रो भनुः सौगात मल्ल

माघ, काठमाडौं ।

अभिनेता सौगात मल्लले आफुले काम गरेका सबै चलचित्रलाई राम्रै भन्नु पर्ने बताएका छन् । आफ्नो चलचित्र नराम्रो छ, यो चलचित्रमा मैले अल्छि गरेको छु त कसले भन्छ र’, सौगातले बिहिबार चलचित्र ‘पञ्चेबाजा’ को पत्रकार भेटघाट कार्यक्रममा भने । पत्रकारले तपाईले अभिनय गरेको ‘पञ्चेबाजा’ कस्तो छ भन्ने प्रश्नमा सौगातले यस्तो बताएका हुन् ।

‘मैले चलचित्रमा काम गर्नुभनेको मन परेरै गर्ने हो । चलचित्रको स्क्रिष्ट, टिम मन परेन भने काम नै गर्दिन होला नि’, सौगातले भने । साथै उनले आफु चलचित्रमा नाट्यकर्मीको भूमिकामा रहेको पनि खुलाए । ‘मैले लामो समय नाटक अभिनयमा काम गरें । चलचित्र पञ्चेबाजामा पनि यस्तै भूमिका रहेको र त्यो नाट्यकर्मीको चरित्र आफ्नो जस्तो लागेकोले अभिनय गरेको हुँ ।’, उनले भने ।

आगामी ११ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउने ‘पञ्चेबाजा’का निर्देशक घनश्याम लामिछानेले सो प्रसँगमा सञ्चारकर्मीसँग भने,‘एउटा नाट्यकर्मीको चरित्र तयार भएपछि मैले त्यो भूमिकाको लागि सौगात मल्ल बाहेक अरुलाई देखिन् । उहाँले त्यो भूमिकालाई सोचे भन्दा बढी न्याय गरिदिएकोमा म खुसी छु ।’ चलचित्रमा सौगातसँगै जस्मिन श्रेष्ठ, कर्मा शाक्य, सृजना सुब्बा, बुद्धि तामाङ लगायतको अभिनय छ ।

अभिनेत्री जस्मिनले सौगातसँग काम गर्न आतुर भएको र त्यो चाहाना पुरा भएको बताइन् । ‘सौगात मल्लको थुप्रै फिल्म हेरेर प्रसँसक भएकी म उहाँसँग काम गर्न आतुर थिए । चलचित्र पञ्चेबाजामा काम गर्दा सौगातबाट धेरै कुरा सिक्ने अबसर पनि पाएँ ।’, जस्मिनले भनिन् । यस अघि चलचित्र कबाज, मनको साथी, बीच बाटो निर्माण गरेका राजेश शाहीले पञ्चेबाजा बनाएका हुन्