के बन्द भयो भद्रगोल ? अर्जुनले लेखे यस्तो स्टाटस, मिडिया हव भन्छ-अर्जुन निस्किए हामी बनाउँछौं

गोपिकृष्ण चापागाईं/ माघ, काठमाडौं ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ । नेपाली हाँस्य टेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हव प्रा.ली बनेको भद्रगोलका निर्देशक अर्जुन घिमिरेले बताएका छन् ।

‘कार्यक्रम को सम्झौता अनुसार कहिलेपनी भुक्तानी भएन । केही कथित ब्यक्ति हरुको मनोमानी ले गर्दा हामिलाई कार्यक्रम उत्पादन गर्न निकै समस्या उत्पन्न गरियो । मिडिया हब को कर्मचारी भद्रगोल को निर्देशक भन्दा माथी देखियो ।’, अर्जुनले फेसबुकमा लेखेका छन् ।

भद्रगोल गएको शुक्रबार  १५७ भाग सम्म प्रसारण भएको थियो । पछिल्लो समय समाजका चासोको बिषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्दै आएको भद्रगोल नेपाली युट्युव ट्रेडिङको शिर्षस्थानमा पनि धेरैपटक आइरहेको छ । यो भन्दा अघि अन्य हाँस्य टेलिसिरियल पनि यसैगरी बन्द हुँदै आएका छन् । मेरिबास्सै, जिरे खुर्सानी, तितोसत्य लगायतका लोकप्रिय टेलिसिरियलहरु पनि बन्द भएका थिए । मेरिबास्सै र जिरे खुर्सानी पुनः प्रसारण हुन थालेका छन् भने तितोसत्य सधैंका लागी बन्द भयो ।

भद्रगोल बन्द भएको बिषयमा मिडिया हवका सञ्चालक सोम धितालसँग कुरा गर्दा भद्रगोल बन्द नहुने बताउँछन् । उनले भद्रगोलका कलाकार तथा निर्देशकले बन्द गर्छु भन्दैमा बन्द गर्न नसक्ने बताए । ‘अर्जुन जीले बन्द गर्छु भन्दैमा कसरी बन्द हुन्छ ? यहि उहाँले गर्नुहुन्न भने अन्य कलाकार राखेर भएपनि हामी (मिडिया हव)ले बनाउँछौं । ढुक्क हुनुस बन्द हुँदैन ।’, धितालले भने ।

अर्जुनले लेखेको फेसबुक स्टाटस

अपडेटः

भद्रगोलका कलकार तथा निर्देशक अर्जुन घिमिरेले फेसबुकमा राखेको स्टाटस १० मिनेट नहुँदै हटाइसकिएको छ ।

video report with phone call: