धुर्मुस सुन्तलीको सन्तपुर बस्ती हस्तान्तरण (फोटो/भिडियो सहित)

माघ, काठमाडौं ।

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको सन्तपुरमा बाढीपिडितका लागी निर्माण गरिएको सन्तपुर एकिकृत नमुना बस्तीको हस्तान्तरण गरिएको छ । मंगलबार बस्तीमै एक कार्यक्रमका बिच राष्ट्रपति बिद्यादेवी भण्डारीले बस्तीको साँचो हस्तान्तरण गरिन् । बस्तीमा ४७ परिवारका लागी घर, एक सामुदायिक भवन, एक बाल बिद्यालय, एक मन्दिर र एक भ्युज टावर रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रपति भण्डारीले देशका हाँस्यकलाकारले सरकारले गर्ने काम गरेकोमा धन्यवाद दिइन् । साथै उनले देशभरका फुस (पराल, खर) को घर बिस्थापित गरेर पक्की घर निर्माण गर्न सरकार अग्रसर रहनुपर्नेमा जोड दिइन् । ‘तराई अन्नको भण्डार भएकोले पनि यहि ठाउँमा गरिबी, कुपोषण जस्ता समस्याले सताउने गर्दछ । त्यसैले यी कुराहरुलाई तराई बासीले बिशेष ध्यान पु¥याउनु पर्दछ ।’ राष्ट्रपति भण्डारीले भनिन् ।

त्यस्तै धुर्मुस् सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस्)ले निरन्तर एकसय पन्ध्र दिनको प्रयासले सन्तपुर एकिकृत बस्ती निर्माण गर्न सफल भएको बताए । उनले बस्ती निर्माणमा खटिएका मजदुरहरुले रातदिन नभनी समयदिएकोमा कृतज्ञता समेत ब्यक्त गरे । ‘हाम्रो मात्र पहलले यो बस्ती निर्माण हुन सक्दैनथ्यो, हामीले दिनरात नभनी अवरात्र खटिनुभएका सन्तपुरका बासिन्दाहरुलाई बिशेष धन्यवाद दिन चाहान्छौं । साथै हाम्रा परियोजनामा देशतथा बिदेशबाट आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण प्रति पनि आभार ।’, धुर्मुस्ले भने ।

त्यस्तै धुर्मुस्ले राष्ट्रपति भण्डारीलाई साक्षिराख्दै आगामी परियोजना ‘नमुना नेपाल’ जसरी पनि पुरा गर्ने प्रतिबद्धता गरे । साथै उनले देशको पुनःनिर्माणमा सरकारको आँखा जानुपर्ने बताए । त्यस्तै फाउण्डेशनकी कोषाध्यक्ष सुन्तलीले सबै सहयोगी मनहरुलाई धन्यवाद दिँदै सन्तपुर बासीहरुको मिलनसा बानीले पनि बस्ती निर्माणमा ठुलो सहयोग पुगेको बताइन् ।

परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले बस्ती निर्माणको आयब्यय सुनाएका थिए । बस्तीको जम्मा खर्च ५ करोड ९५ लाख अनुमान गरिएकोमा यसै अनुमानीत रकमको दायरामा रही बस्ती निर्माण गरिएको बताए ।

सन्तपुर एकिकृत बस्तीकै लागी सहयोगी दाताहरुबाट जम्मा ३ करोड ५० लाख ८३ हजार ३ सय ८४ रुपैया सहयोग भएको बताए । यस परियोजनाका लागी हालसम्म जुटेको रकम  ४ करोड ७४ लाख ६४ हजार ९ सय १५ रुपैया रहेको बताए । त्यस्तै परियोजनाका लागी ५ करोड २४ लखा ८७  हजार ३ सय ९५ खर्च भएको न्यौपानले जानकारी दिए । बाढी पिडितका लागी २ करोड ३६ लाख ७५ १ हजार सय ३५ रकम उठेको त्यस्तै बाढीपिडितको राहत बितरणमा १ करोड २ लाख ९३ हजार ६ सय ३४ रुपैंया खर्च भएको बताए ।

उनले बस्तीमा नेपाली सरकारले तोकेको मापदण्ड बमोजिम नै बस्ती निर्माण गरिएको बताए । त्यस्तै बस्ती  बालमैत्री र अपांग मैत्री पनि रहेको जानकारी दिए । कार्यक्रममै चलचित्र शत्रुगते र छक्का पञ्जा टिमको तर्फबाट १, १ लाख र कलाकार मधुसुधन पाठकले ५० हजार रुपैंया सहयोग गरेका थिए ।

video:

समाचार हिमालय टाइम्समा पनि प्रकाशित छ ।