सलमान ४ करोड ८० लाखमा टुँडिखेलमा नाँच्ने, नेपाली नायिका कोरसमा !

काठमाडौं ।

यहि आउँदो फागुन २६ गते काठमाडौंको टुँडिखेलमा बलिउडस्टार सलमान खानले ‘द दवङ टुर’ नामक भब्य कन्सर्ट गर्दैछन् । यसै कार्यक्रमका लागी उनले ४ करोड ८० लाख नेपाली रुपैयाँ लिएका छन् । आयोजक ओडीसी इन्टरटेनमेन्टका अनुसार सलमानलाई अग्रिम रुपमा सम्पुर्ण रकम पठाइसकिएको छ । यस्तै अन्य कलाकारलाई ३ करोड २० लाख रुपैयाँ पठाइएको छ ।

‘आयोजक संस्थाका सिमान्ट गुरुङका अनुसार सलमानलाई ३ करोड र अन्य कलाकारलाई २ करोड भारतीय रुपैंया पठाइएको छ । उनले नेपाल सानो मुलुक भएकोले सानो रकममै सलमान कार्यक्रमका लागी सहमत भएको समेत बताए ।  कन्सर्टमा सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि नेपाल आउनेछन् ।

नेपाली नायिका कोरसमा !

कन्सर्टमा सलमानसँग नेपालका नायिकाहरुलाई कोरसमा नृत्य गर्न आग्रह गरिएको बुझिएको छ । नायिका स्वस्तिमा खड्काले आयोजकले बिना पारिश्रमिक नै पर्फर्मेन्स गरिदिने आशयले अफर गरेको दाबी गरेकी छिन् । उनले च्यारिटी शो भएको भए बिना पारिश्रमिक गर्न राजि हुने तर व्यापार गर्ने उक्त कार्यक्रम गर्न लागिएकोले बिना पारिश्रमिक नगर्ने बताएकी छिन् ।

‘सलमान ठूलो स्टार कलाकार हो हामीलाई थाहा छ, म पनि सम्मान गर्छु । उहाँ नेपाली गीतमा नाच्नुहुन्छ भने म उहाँको डान्समा कोरस गर्न तयार छु, तर उहाँले गर्ने हिन्दी डान्समा कोरस गर्न मेरो नैतिकताले पनि दिँदैन ।’, स्वस्तिमाले भनेकी छिन् ।

यता, ओडिसीले भने बिनापारिश्रमिक नेपाली कलाकारलाई अफर नगरिएको बताएको छ । ‘नेपाली कलाकार हाम्रा लागि झन् महत्वपूर्ण हुनुहुन्छ । उहाँहरुलाई हामी सकेसम्म धेरै पारिश्रमिक दिन चाहन्छौं । उहाँहरुको व्यस्तताले हामीले अहिलेसम्म फाइनल गर्न सकेका छैनौं,’ गुरुङले भनेका छन् ।

कार्यक्रमले नेपाली पर्यटन प्रवर्द्धनमै सघाउने भएकाले यसका लागि सबैले एक ढिक्का भएर सहयोग गर्नुपर्ने चाहि आफ्नो आशय रहेको गुरुङको भनाई छ । उनले थपे, ‘यो कार्यक्रम समग्र नेपालकै लागि हो । यसमा नेपाली कलाकर्मीलाई अपहेलना गर्ने भन्ने कुरा आउँदैन । हामी सबैको उचित सम्मान गर्छौं ।’ कार्यक्रमका लागि टिकट ३ हजार, ५ हजार, १० हजार र २० हजार दरका रहेको गुरुङले जानकारी दिए । ५० हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ ।

नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडल एलिसा राइलाई सलमानसँग कोरस नाच्नका लागि अफर गरिएको ति अभिनेत्रीहरुले बताए । सेलेब्स म्यानेजमेन्ट कम्पनीले यो कार्यक्रमको लागि नेपाली सेलिब्रेटीको व्यवस्थापन मिलाउने जिम्मा लिएको छ । आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।