‘कृ’ लाई तिनदिनमा तिन करोड

माघ, काठमाडौं ।

गएको शुक्रबार (फ्रेबुअरी ९) बाट देशभरीका सयबढी हलहरुमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘कृ’ ले तिनदिनमा तिनकरोड बढीको ब्यापार गरेको छ । नायक अनमोल केसी र नायिका अदिति बुढाथोकीको मुख्य भूमिका रहेको यो चलचित्रले अहिलेपनि देशका अधिकांश हलहरुमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ ।

सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण भएको ‘कृ’ले अहिलेसम्म आइतबार सम्म ३ करोड ३९ लाख ९८ हजार ७ सय ३६ रुपैंया कलेक्सन गरेको सुवास इन्टरमेन्टले जानकारी दिएको छ । प्रदर्शन भएको पहिलो दिन राजधानी बाहिरबाट ४४ लाख ५३ हजार ५ सय ६२ रुपैंया र राजधानी भित्रबाट ५१ लख ११ हजार ६ सय ८६ रुपैंया गरेर जम्मा ९५ लाख ६५ हजार २ सय ४८ रुपैंयाको ब्यापार गर्न सफल भएको थियो । त्यस्तै दोस्रो दिन शनिबार भने जम्मा १ करोड ७७ लाख ६४ हजार ७ सय ६३ रुपैंंयाको ब्यापार भएको बताइएको छ । त्यस्तै आइतबार जम्मा ६६ लाख ६८ हजार ७ सय २५ रुपैंयाको ब्यापार भएको थियो । चलचित्रका निर्माता सुवास गिरीका अनुसार ‘कृ’ जम्मा ३ करोड ८० लाखको बजेटमा निर्माण भएको हो ।

सोमबार राजधानीको कुमारी हलमा गरिएको बिशेष शोबाट पनि ‘कृ’लाई राम्रो प्रतिक्रिया मिल्यो । चलचित्रकर्मि तथा सञ्चारकर्मिहरुबिच गरिएको बिशेष शो बाट नायक अनमोलको कामको तारिफसँगै मेकिङको पाटोलाई धेरैले रुचाए । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने चलचित्रमा भुवन केसी र सुवासको संयुक्त लगानी छ ।