फिल्म सिटीको शिलान्यास

फागुन, काठमाडौं ।

नेपालमा पनि फिल्म सिटी बन्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको फिल्म सिटीको पूर्व सूचना ताथ संचर मन्त्री मोहनबहादुर बस्नेत र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले शिलान्यास गरेका छन् ।समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको दोलखाको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण हुन लागेको हो ।

शिलान्यास गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मृग, घोरल, कस्तुरीलगायतका जंगली जनावर दौडने यो वनमा बन्ने चलचित्र नगरी अन्तर्रा्ष्ट्रिय जगत्मै आकर्षक थलो बन्ने विश्वास व्यक्त गरे । नेपाली फिल्म मेकरहरुलाई मात्र हैन बिदेशी फिल्म मेकरहरुलाई लक्षितगरी आवास गृहसहित चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इनडोर’ का संरचना निर्माण गर्ने गरी परियोजना प्रस्ताव तयार भएको बोर्ड अध्यक्ष पौडेलले बताइन् । चलचित्र विकास बोर्डको समन्वयनमा फिल्म सिटी निर्माण हुनेछ ।

५ देखि १० बर्ष भित्र निर्माण पुरा गर्ने ल्क्ष्यका साथ निर्माण हुने फिल्म टिसी भित्र विमानस्थल, पाँचतारे होटल, चलचित्र निर्माणका लागि उपयुक्तस्थल लगायत नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने किसिमका संरचना निर्माण गर्ने गरी विस्तृत परियोजना तयार भएको छ । सेतीदेवी सामुदायिक वनको एक हजार ५ सय क्षेत्रफल भित्र फिल्म सिटी निर्माण हुनेछ ।