<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चलचित्र ‘‘मिस्टर भर्जिन’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । ‘टुल्की’ बोलको गीतको अडियो मात्र सार्वजनिक गरिएको हो। गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत छ।</p><p style="text-align: justify; ">वर्ल्ड वाइड फिल्मस्को ब्यानरमा निर्मित चलचित्र ‘मिस्टर भर्जिन’ विशारद बस्नेतले निर्देशन गरेका हुन्। चलचित्रमा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ। महेश दवाडीको कथा र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा भन्छ। </p><pre style="text-align: justify; "><b>Audio song:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/CNXzHAmEOaA" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>







८ फाल्गुन २०७४, मंगलवार ०५:१४ 








