‘संरक्षण’ पुनः प्रदर्शन हुने

फागुन, काठमाडौं ।

चलचित्र ‘संरक्षण’ पुनः प्रदर्शनमा आउने भएको छ । अभिनेताद्वय निखिल उप्रेती र सौगात मल्ल स्टारर यो चलचित्र साउन २७ गते देशव्यापी प्रदर्शनमा आएको थियो । अब भने आउँदो होलीलाई मध्यनजर गर्दै फागुन १७ गतेबाट फेरि प्रदर्शन गरिने भएको हो । चलचित्र विराटनगर, जनकपुर, राजविराज, गौर, विरगञ्जलगायत ८ जिल्लामा पुनः प्रदर्शन गरिने बताइएको छ । चलचित्रको प्रदर्शनको समयमा तराईका अधिकांश भाग बाढीले डुबानमा परेपछि चलचित्र हेर्न दर्शकले पाएका थिएनन् त्यसकारणले पनि पुनः चलचित्र प्रदर्शन गर्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रले तराई क्षेत्रमा हुने राजनीति र त्यसले जनता र प्रहरीलाई कसरी असर पु¥याउँछ भन्ने कथा बोल्छ । चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । चलचित्रमा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रञ्जन, अशिष्मा नकर्मी, रमेश बुढाथोकी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको चलचित्रलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो चलचित्रमा उतारिएको छ । फिल्ममा नायक निखिल उप्रेती ‘एसपी खरेल’ र सौगात मल्ल ‘डीएसपी थारु’ को भूमिकामा देखिएका छन् ।