दीपकको ‘डेस्टिनेशन काठमाडौं’ चैतमा आउने

फागुन, काठमाडौं ।

स्व. निर्देशक दीपक रायमाझीको चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ अन्ततः प्रदर्शन हुने भएको छ । चलचित्र अब यसैबर्षको चैत २ गतेदेखी प्रदर्शनमा आउने निर्माता शरद अधिकारीले जानकारी दिएका छन् ।

जनपुकार मिडिया हाउसले निर्माण गरेको चलचित्रमा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई प्रमुख भूमिकामा छन् । बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग र्पुयाउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने सोच निर्देशक रायमाझीको थियो । तर, उनको असमायिक निधनका कारण केही समय निर्माण रोकिएको चलचित्रलाई अर्का निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन् ।

विदेशका विभिन्न स्थानमा विशेष प्रदर्शन गरिएको यो चलचित्रमा राजु थापा र सौरभ लामाको छायांकन,  निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।