पलको जन्मदिनमा ‘शत्रुगते’को ‘रुपै मोहनी’ केक

फागुन, काठमाडौं ।

चलचित्र ‘शत्रु गते’ मा समावेश गीत ‘रुपै मोहनी’को युट्युवमा १ करोड भ्युज पुगेको अवसर र नायक पलशाहको जन्मदिनको अवसर पारेर केक काटिएको छ । गत डिसेम्बर २९ मा युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका हुन् । चलचित्रमा अभिभावक तथा निर्माता मह सञ्चारका ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठ र ‘ह’ अर्थात् हरिवंश आचार्यको उपस्थितिमा फिल्म युनिटले केक काटेको थियो ।

राजधानी स्थित रेडियो अडियोमा उपस्थित टिमले दर्शक तथा श्रोतालाई धन्यवाद दिदै करोड भ्युअर्स पुगेको उपलक्ष्यमा केक काटेका थिए । उक्त अवसरमा फिल्मका कलाकारहरु दीपक राज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए । सोहि अवसरमा पलको पनि जन्मोत्सवलाई सेलिब्रेट गरिएको थियो । उनको केक काट्दै निर्माण पक्षले दिर्घायु तथा सफलताको कामना गरेको थियो । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

िफल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।