सलिन–सितलको हातबाट जलजलालाई सहयोग

फागुन, काठमाडौं ।

बिगत डेढ महिना देखी दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहेकी  गायिका जलजला परियारलाई चलचित्र ‘ए मेरो हजुर २’ टिम र विश्वकर्मा समाज दक्षिण कोरियाको तर्फबाट जम्मा १ लाख ७६ हजार सहयोग प्राप्त भएको छ ।

बिहिबार दिउँसो अस्पतालमै पुगेर ‘ए मेरो हजुर २’ का नायक सलिनमान बनियाँ र निर्माता सुनिल कुमार थापाले जम्मा ७६ हजार नगद हस्तान्तरण गरे भने लगत्तै विश्वकर्मा समाज दक्षिण कोरियाको तर्फबाट संस्थापक उपाध्यक्ष साजन दियाली र कलाकार सितल केसीले संयुक्त हस्तान्तरण गरे । यो समुहलाई सहयोगका लागी सामाजिक अभियन्ता प्रमोद विश्वकर्माको पहल गरेका थिए । दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने समस्या देखिएपछि आर्थिकस्थित कमजोर भएकोले सहयोगको अपिल गरिएको थियो । यससँगै थुप्रै सेलिब्रेटी तथा देश बिदेशका सहयोगीमनहरुले सहयोग गरिरहेका छन् ।

सहयोग रकम हस्तान्तरण गरेपश्चात ‘ए मेरो हजुर २’ का निर्माता थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै बेल्जियम प्रदर्शनबाट संकलित रकम मध्ये ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेशनबाट प्राप्त २५ हजार जलजलाको उपचारका लागि प्रदान गरिएको जानकारी दिए । निर्माता थापाले आगामी दिनमा पनि ‘ए मेरो हजुर २’ को विदेश प्रदर्शनबाट उठेको २५ प्रतिशत रकम समाज सेवामा खर्च गर्ने घोषणा समेत गरे ।

यस्तै, जलजलाका पिता नारायण बहादुर दर्जीले ‘ए मेरो हजुर २’ टिमबाट प्राप्त सहयोगले छोरीलाई थप हौसला प्रदान गरेको बताए । ‘मृगौला प्रत्यारोपणका लागि नेपालमा अझै धेरै दिन लाग्ने भएपछि अब हामी भारत जान लागेका छौं । हामीलाई अझ सहयोगको खाँचो छ ।’, उनले भने ।

यस्तै विश्वकर्मा समाज दक्षिण कोरियाको तर्फबाट दियालीले यसअघि पनि बिभिन्न सामाजिक कार्यमा सरिक हुँदै आएको आफुहरुको संस्था गायिका जलजलाको स्वास्थ्यस्थितको बारेमा बिभिन्न मिडियामा जानकारी पाएर सहयोगमा जुटेको बताए । यस्तै रकम हस्तान्तरण गर्न पुगेका कलाकार सितल केसीले पनि एउटा नेपाली कलाकारलाई दुख पर्दा अन्य कलाकार तथा नेपालीले यसरी नै सहयोग गर्नुपर्ने बताए ।