छोटो समयमै धेरै बुझ्ने मौका पाएँः मोडल सन्ध्या

फागुन, काठमाडौं ।

आजभन्दा तिन बर्ष अघि भोजपुरी चलचित्र ‘योद्धा’ मा समावेश आइटम गीतेको भिडियोमा नृत्य गरेर मोडलिङ क्षेत्रमा प्रवेश गरेकी सन्ध्या पौडेलले अहिलेसम्म जम्मा चार दर्जन नेपाली म्युजीक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । बिशेषगरी भोजपुरी चलचित्र निर्माण गर्ने अग्रजहरुसँगको चिनाजानीले भोजपुरी चलचित्रमा अफर आएको र केहि समय भोजपुरी चलचित्रक्षेत्रमै ब्यस्त रहन पुगेको उनी बताउँछिन् । कैलाली अत्तरिया स्थायी घर भएकी सन्ध्याले भोजपुरी दुई चलचित्र ‘सल्फा’ र ‘दिवाना पन’ मा अभिनय समेत गरिसकेकी छिन् । उनले डेब्यु गरेकी नेपाली चलचित्र ‘साखियो’ हो । जुन चौधरी भाषाको चलचित्र हो ।

उनले मोडलिङ गरेका म्युजीक भिडियोहरु मध्ये ‘सेक्सी जवानी’, माण्डवी त्रिपाठीको ‘काली मेरो नाम’, मेलिना राईको ‘हुरी चल्यो जीन्दगीमा’ लगायतका गीतहरु दर्शक तथा श्रोताले निकै रुचाएका गीतहरु हुन् । नेपाली म्युजीक भिडियोमा काम गर्दै जाँदा सन्ध्याले आफुले धेरै कुरा सिक्ने मौका पाएको बताउँछिन् । उनले नजानेरै यो क्षेत्रमा आएर र अहिले बुझ्दै गएको बताउँछिन् । ‘शुरुवातका दिनहरुमा कस्ता होला भनेर, रहरै रहरले यो क्षेत्रमा प्रवेश गरियो तर अहिले धेरै बुझ्ने मौका मिलेको छ ।’, सन्ध्याले भनिन् । साथै उनले कलाकारिताको क्षेत्र निकै सुखी र खुसी हुने भन्दै प्रवेश गर्नेहरुका लागी पनि शुरुमा अपेक्षा गरेअनुसारको नहुने भन्दै बुझेर आउन सल्लाह दिन्छिन् । ‘शुरुवातमा यो क्षेत्र कस्तो होला भनेर ठुलो अपेक्षा राखेका हुन्छौं, कलाकारिता क्षेत्रलाई हेर्ने नजर नै धेरैको निकै फरक हुन्छ, तर शुरुवातमा जति अपेक्षा गरिन्छ त्यो नहुन सक्छ त्यसैले राम्रोसँग बुझेर मात्र आउनु पर्छ ।’, उनी भन्छिन् ।

सन्ध्याले नेपाली म्युजीक भिडियोको क्षेत्रलाई बुझेको धेरै समय नभएता पनि तिन/चार बर्षको समय अवधिभित्र राम्रो र नराम्रे पक्ष बुझ्न सक्ने भएको बताउँछिन् । मोडलिङ क्षेत्रमा प्रवेश गराइदिन्छु, चर्चित बताइदिन्छु भन्ने जस्ता प्रलोभनमा पारेर शारिरीक सम्बन्धका लागी पनि बिभिन्न अफर गर्ने ब्यक्तिहरु पनि यो क्षेत्रमा मौलाउँदै गएको उनको भनाई छ । साथै उनले पछिल्लो समय मोडल बन्नकै लागी लगानी गर्नेहरु पनि प्रशस्त भएको बताउँछिन् । ‘मन भित्रको इच्छा र आफुभित्र कला छैन भने यो क्षेत्रमा आएर दुईदिनमा हराएरै जाने हो, तर पछिल्लो समय लगानी गरेरै आउनेहरुले गर्दा म्युजीक भिडियोको क्षेत्रलाई धेरैले नराम्रो मान्ने गरेका छन् ।’, सन्ध्यानले भनिन् । साथै पछिल्लो समय हिट हुने बहानामा उश्रृंखल प्रवृतिका भिडियोहरुले अन्य राम्रा भिडियोहरु हेर्ने दृष्टिकोण पनि फरक भएको उनको भनाई छ । साथै उनले केहि नेपाली मोडलहरुले स्टेज कार्यक्रममै अपाच्य नृत्य देखाउँदा अन्य धेरै मोडलहरुलाई असर परेको बताउँछिन् । सन्ध्याले आफ्नो अनुभव सुनाउँदै भन्छिन्– ‘धेरै ठाउँमा स्टेज कार्यक्रमका लागी अफर गर्नुहुन्छ, राम्रो गीतमा राम्रो पोशाकमा नाँच्ने मनशायले गएपनि त्यस्तो प्रकारको नृत्य त होइननी भनेर आयोजकहरुले अप्ठ्यारो महशुस गरेको पाउँछु ।, त्यसैले केहि त्यस्ता मोडलहरुले गर्दा सबै मोडलहरुलाई असर परेको छ ।’ उनी नेपालका पश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लाहरुमा स्टेज नृत्य प्रस्तुतीका लागी पनि पुगेकी छिन् भने मुम्बई, दिल्लीसम्म पनि उनी नृत्य देखाउनैकै लागी पुगेकी छिन् ।

म्युजीक भिडियोमा मोडलिङसँगै चलचित्रमा अभिनय पनि गर्न सक्ने बताउँने सन्ध्याले आफुलाई जस्तोसुकै अभिनयको काम दिएपनि भूमिका निभाउन सक्ने बताउँछिन् । साथै कुनै पनि नेपाली चलचित्रबाट राम्रो भूमिकाका लागी अफर आएमा स्विकार्ने उनको मनशाय छ । म्युजीक भिडियोकोक्षेत्रमा थुप्रै चर्चित मोडलहरुसँग अभिनय गर्नेक्रममा आफुलाई मोडल पल शाहसँग मोडलिङ गर्ने चाहाना भएको उनी बताउँछिन् ।

सन्ध्याको पछिल्लो म्युजीक भिडियोमा ‘मन त्यसै त्यसै रमाउँछ’ बोलको गीत आउनेक्रममा छ । चारदिन अघिमात्रै लगातार तिनदिनको चित्लाङको छायांकन पछि काठमाडौं आइपुगेको र यसैसाता भिडियो सार्वजनिक गरिने सन्ध्यानले जानकारी दिइन् । गीतमा नव–गायक रमन थामीको स्वर रहेको छ ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।)