युवा केन्द्रित दोहोरी ब्याटल, टिम भन्छन्– यो दोहोरी गीत होइन (भिडियो)

फागुन, काठमाडौं ।

युवापुस्ता माझ लोकप्रिय ‘ब्याटल’ दोहोरीमा पनि देखिएको छ । गायक प्रकाश सपुत र गायिका प्रिती आलेले दोहोरीको भाकामा ब्याटल खेलेका छन् । लाके तथा दोहोरी गीत गाउँदै आएका यी गायक गायिकाले युवापुस्तालाई केन्द्रित गरी यस्तो ब्याटल गीत बजारमा ल्याएका हुन् । यसमा गायक प्रकाशले नै शब्द संगीत भरेका हुन् । भिडियोमा पनि गायक गायिकानै फिचरिङ छन् ।

यो लोकदोहोरी गीत होइनः निर्माण टिम

निर्माण टिमले यो लोक तथा दोहोरी गीत नभएको जानकारी गराएको छ । भिडियोको शुरुवातमै म्यासेज दिँदै नेपाली मौलिकता झल्किने लोकदोहोरीसँग तुलना नगर्न आग्रह गरिएको छ । दोहोरीबाट प्रभावित भएपनि लोक दोहोरीमा जस्तो थेगो र बाजाहरु प्रयोग नगरिएको बताइएको छ ।

video: