ब्ल्याक पोस्टरमा आँचल–आकाश

फागुन, काठमाडौं ।

आउँदोबर्षको जेठ ११ गतेलाई प्रदर्शन मिति तयरगर्दे चलचित्र ‘ब्ल्याक’ टिमले पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा नायिका आँचल शर्मा र नायक आकाश श्रेष्ठ देखिएका छन् । आश्मा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको यो चलचित्रमा आँचल र आकाशको मुख्य भूमिका देख्न पाइनेछ ।

सार्वजनिक गरिएका चारपोष्टर मध्ये एकमा आकाश ‘एङ्ग्री’ मुडमा प्रस्तुत भएका छन् भने अन्यमा आँचल–आकाशको प्रेमभाव देखिन्छ । आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्र प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् । पछिल्लो समय नेपाली चलचित्रप्रति आकर्षित भइरहेको र निरन्तर हेरिरहेका दर्शकको मनोभावना बुझ्नेगरी फिल्म तयार गरेका छौँ, निर्देशकले श्रेष्ठले भने, ‘हाम्रो फिल्मले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षण गर्नेछ ।’

एक्सन लभस्टोरी जनराको चलचित्र मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी समावेश हुँदा सम्पादन अर्जुन जिसीको छ । राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् ।