अनाथसँग नायिका खुश्बुको जन्मदिन

फागुन, काठमाडौं ।

नायिका तथा राष्ट्रिय खेलाडि खुश्बु खड्काले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरुसँग मनाएकी छिन् । राजधानीको धापासीस्थित हाम्रो बाल संरक्षण धरोहर नेपालमा आश्रित अनाथ बालबालिकाहरु सँग खुसि साटासाट गरी जन्मदिन मनाएकी हुन् । खुश्बुले बालबालिकालाई खाद्यान्न सामाग्री वितरण गरेँसँगै खाना खुवाएकी थिइन् । जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै खुशी महसुस गरेको उनले बताइन् ।

संस्थाकि सस्थापक अध्यक्ष बिनिता अर्यालले संस्थामा २४ जना अनाथ अपाङ्ग बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको कुरा उक्त अवसरमा बताइन् । आफुसँग कोहि पनि डोनर नभएको र आयश्रोत समेत नभएकोले बालबालिकाहरुलाई भरण पोषण गर्न एकदमै गाह्रो र अप्ठ्यारो परिस्थितिहरु आउने गरेको हुदा देश बिदेशमा बस्ने मनकारी समाजसेवी मन सँग उनले सहयोगको अपिल समेत गरेकी थीइन । उक्त अबसरमा सस्थाकी अधक्ष्य बिनिता अर्यालले नायिका खुश्बु खड्का, कलाकार निर्मल शर्मा तथा समाजसेवी प्रकाश कुमार श्रेष्ठलाइ सम्मान समेत गरेकी थिइन ।

दर्जन भन्दा बढी चलचित्र तथा म्युजिक अवार्डबाट बेष्ट मोडल र नायिकाको उपाधि हात पारेर सम्मानित भएकी खुश्बुको अभिनयको तारिफ योग्य छ । खुश्वुले भबिष्यमा एक कुशल अभिनेत्री तथा समाजसेवी बन्ने उदेश्य लिएर आफ्नो पाइला अगाडि बढाएको बताउँछिन् ।