बोल्ने शैली नहुँदा रोकिएको थियो गाँजा बाजा !

फागुन, काठमाडौं ।

निर्माणको काम थालनी गरेको दुईबर्ष भन्दा बढीसमय भइसक्दा समेत प्रदर्शन मिति तय हुन सकेको थिएन चलचित्र ‘गाँजा बाजा’ । नामकै कारण सर्बोच्च अदालत सम्म पुगेको चलचित्र टिमले अन्ततः सोहि नामबाटै मुद्धा जित्यो । अब यो चलचित्र यहि फागुन २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । चलचित्रमा दुईयुवा कुलतमा फसेको कथा समेटिएको छ ।

चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले आफ्नो कार्यकालमा चलचित्रको नामकै कारण अनुमति दिन नमिल्ने बताइएको खबर सार्वजनिक भएका थिए । तर चलचित्रका निर्माता दिपेन्द्र रेग्मीले पनि ब्यक्तिगत रिशिबीका कारण राईले चलचित्र रोकिदिएको बताएका छन् । चलचित्रको छायांकन सकेर प्रदर्शनीको तयारीमा पुग्दा समेत अध्यक्ष राईले चलचित्रको नाम पास गरेनन् । यसको मुख्य कारण चलचित्रको नाम  नभएर निर्देशक गणेशदेव पाण्डेले अध्यक्ष राईलाई आदर गरेनन् भनेर रिश गरिएको निर्माता रेग्मीले बताएका छन् । ‘गणेशजीको बोल्ने शैली भएन भनेर अध्यक्षजीले चलचित्रको नामलाई पास गरिदिनु भएन त्यसैले हामीले २ बर्षसम्म दुखकष्ट भोग्नु प¥यो ।’, निर्माता रेग्मीले भने । उनले कसैको ब्यक्तिगत रिशका कारण चलचित्र रोक्न नमिल्ने भन्दै आक्रोश समेत पोखे । ‘निर्देशक गणेशदेव पाण्डेको बोल्ने तरिका ठिक भएन भनेर सुरुमा फिल्म निर्माण अनुमति दिन्न भन्नु भएकोमा पछि यस्तो नाममा फिल्म बनाउन पाउँदैनौ भनेर रोक्नु भयो । हामीले सम्मानित अदालतबाट यो फिल्म निर्माण गर्ने अनुमति पाएपछि चलचित्र तयार गरेर दर्शकमाझ ल्याउन लागेका हौं ।’, रेग्मीले थपे ।

चलचित्रकि निर्माता गोमा बिष्ट थापाले चलचित्रको प्रदर्शन अनुमति दिने कि नदिने भन्ने अधिकार सेन्सर बोर्डमा हुने तर ब्यक्तिगत रिशिबीले चलचित्रनै रोक्ने अधिकार कसैको नहुने बताइन् । ‘हामीले सम्मानित अदातलबाट यो नाममा चलचित्र बनाउन पाउने भनेर न्याय पाएपछि ‘गाँजा बाजा’ निर्माण गरेका हौं ।’, निर्माता थापाले भनिन् । चलचित्रले युवा पुस्तालाई लागू औषध तथा दुव्र्यसनीबाट बच्नलाई मद्धत गर्ने उनले बताईन् । चलचित्रमा अनुपम र शुशिलसँगै रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।)