महंगो सेटमा ‘जय शम्भु’ छायांकन

फागुन, काठमाडौं ।

केहिदिन अघिबाट छायांकन शुरु भएको चलचित्र ‘जय शम्भु’ टिम यतिखेर राजधानीको बालाजुस्थित ‘बालाजु सुटिङ ल्याब’मा दिनरात ब्यस्त छ । शुरुवातमै चलचित्रको ‘क्लाइमेक्स’ सिन खिच्न लागिएको हो । चलचित्रमा मुख्य पात्र अनुप बिक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा शिवाकोटीका दृश्यहरु यतिखेर बालाजुको उक्त ल्याबमा चार वटा क्यामेरा र करिब २४ लाख बराबारको महंगो सेटमा छायांकन भइरहेको निर्माण टिमले जनाएको छ ।

चलचित्रको एक्सनका लागि छायांकन सेटमा ३ वटा पुराना ट्याक्सी र एउटा जिप नै खरिद गरेको निर्माताको दाबी छ । श्री श्रेष्ठले यो चलचित्रमा एक्सन निर्देशन गरिरहेका छन् । यो चलचित्रबाट नेपाली चलचित्रको एक्सनमा नयाँ शैलीको सुरुवात हुने उनको दाबी छ । चलचित्रको क्लाइमेक्समा महंगो खर्च हुने दाबी निर्माताको छ । रुपेश तामाङले चलचित्रको निर्देशन गरिरहेका छन् ।

चलचित्रमा अरविन्द्र शाक्यको लगानी छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन हुन् । चलचित्रलाई हरि घले लामाले खिचिरहेका छन् । चलचित्रको ८० प्रतिशत दृश्यको छायांकन काठमाण्डौमा गरिने र बाँकी छायांकन अन्नपूर्ण बेस क्याम्पममा गरिने निर्माणपक्षले बताएको छ ।