पाकिस्तानमा ‘परी’ प्रतिबन्ध

फागुन, मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र ‘परी’ पाकिस्तानमा प्रतिवन्ध लगाइएको छ । पाकिस्तानको सेन्सर बोर्डले ‘परी’ गैर–इस्लामी र मुस्लिम विरोधी भावना भड्काने प्रकृतिको रहेको दावी गर्दै चलचित्र प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

भारतीय मिडियाले लेखेको खबर अनुसार चलचित्रमा ‘काला जादू’ पनि देखाइएको छ । ‘काला जादू’ ले अन्धविश्वासलाई बढावा दिने पाकिस्तानको सेन्सर बोर्डको भनाई छ । हिन्दू मन्त्रका साथ कुरानको आयतहरुपनि मिसाइएकाले चलचित्र ‘परी’ लाई पाकिस्तानमा प्रतिवन्ध लगाइएको बताइएको छ । यसअघि बलिउड चलचित्र ‘अय्यारी’, ‘प्याडम्यान’ र ‘टाइगर जिन्दा है’ जस्ता फिल्महरु पनि पाकिस्तानमा प्रतिवन्ध लगाइएको थियो ।