राजेश हमालको डुब्लिकेट भन्दा चित्त दुख्छः शीतल केसी

“अभिनेता हमालजीको कुनैपनि नक्कल गरेको छैन । धेरैले डुब्लिकेट राजेश हमाल भनेको सुन्छु यो कुरामा चाँही धेरै नै दुख लाग्छ । हाउबाउ केहि कुरा मिल्न गयो होला तर उहाँको नक्कल गरेको भने होइन, डुब्लिकेट शब्दप्रति मेरो आपत्ति छ ।”

गोपिकृष्ण चापागाईं/ फागुन, काठमाडौं ।

नेपाली टेलिसिरियलको एक समयको चर्चित नाम हो शीतल केसी । टेलिभिजनको सानोपर्दाबाट स्थापित भएको यो नाम डेढदशक पुग्दासम्म पनि उत्तिकै चर्चित नाम हो । टेलिसिरियल, म्युजीक भिडियो तथा चलचित्रको अभिनयलाई कर्म बनाएर अघि बढेका शीतल पछिल्लो समय चलचित्रहरुमा पनि कमै देखिएका छन् । उनले अभिनय गरेका टेलिसिरियल अहिले पनि प्रसारण भइरहेका छन् भने म्युजीक भिडियोहरु पनि उत्तिकै मात्रामा देख्न पाइन्छ । शीतलको आजभन्दा दशक अघिको दर्शक क्रेज र अहिलेको दर्शकक्रेजमा धेरै नै अन्तर पाइन्छ । पछिल्लो समय कलाकारिताबाट हराएजस्तो देखिएपनि उनी आफु कलाकारितामै ब्यस्त रहेको बताउँछन् । यसैबिच उनै शीतल केसीसँग कलाकारिता र उनको ब्यक्तिगत जीवनमा आधारीत रहेर भलाकुसारी गरेका छन् ।

आजभोली हराउनु भएको होकि जस्तो छ नि ? केमा ब्यस्त हुनुहुन्छ ?

हराएको भन्न मिल्दैन, किनकी म अहिलेपनि टेलिसिरियलहरुमा उत्तिकै ब्यस्त छु, म्युजीक भिडियोहरु पनि गरिरहेको छु । चलचित्रहरुपनि केहिको छायांकन भइसकेको छ आउनेक्रम छन् । सायद मिडियामा त्यति नआउने भएकोले पनि दर्शकहरुले त्यस्तो महशुस गर्नुभएको होला । अर्कोकुरा कुनै पनि कलाकारको एक समय हुन्छ, बढिमा १० बर्षसम्म एक कलाकार राम्रोसँग यो क्षेत्रमा भिज्न सक्छ । मेरो कुरागर्ने हो भने लगभग डेढ दशक पुग्यो यो अर्थमा पनि अहिलेपनि यत्तिको ब्यस्त हुन पएकोछु, यो त मेरोलागी राम्रो मान्नुपर्छ ।

तपाई टेलिसिरियल, म्युजीक भिडियो र चलचित्रमध्ये कुमा बढी ब्यस्त हुनुहुन्छ ?

पछिल्लो समयको कुरा गर्दा म्युजीक भिडियोमै बढी ब्यस्त छु । टेलिसिरियल अहिले दुईवटा टेलिभिजनमा प्रसारण भइरहेका छन् तर म्युजीक भिडियो महिनामा १० वटा जति अहिलेपनि गरिरहेको छु । अहिलेसम्म त्यस्तै ५ सय म्युजीक भिडियो पुग्यो होला ।

तपाई आँफुलाई म्युजीक भिडियोमा रोज्नुको कारण के जस्तो लाग्छ ?

म्युजीक भिडियोमा मोडलिङ गर्नेभन्ने बित्तिकै उनको कामलाई हेर्नुपर्छ । कस्तो काम गर्छ, भिडियोमा कस्तो देखिन्छ र दर्शकले त्यो मान्छेलाई कस्तो मान्नुहुन्छ त्यो कुरा महत्वपुर्ण हुन्छ । मेरा ेहकमा पनि म टेलिसिरियलबाट आएको र मेरो काम देख्नुभएका हरुले सायद यत्तिको मान्छे भएपछि हुन्छ भन्ने ठानेरै बेलाइरहनुहुन्छ ।

चलचित्रमा चाँही कमै देखिनुभएको हो ?

पछिल्लो समय त्यस्तै भइरहेको छ । मेरो ‘एनेलग’ प्रविधिकै पाँचवटा चलचित्र त रिलिज हुने बाँकी छ । काम धेरै नै भएको छ तर बाहिर नआएकोले हराएजस्तो भएको हो । दर्शकको सामु नदेखिदा भित्र–भित्र जतिकाम भएपनि देखिदैन । गएको ०७२ सालको भूकम्पको समयमा रिलिज डेट तोकिएको चलचित्र पनि भूकम्पकै कारण रोकियो । त्यसपछि पुनः नाकाबन्दी लगायतले नेपालमा समस्या आयो त्यो समयमा पनि रोकियो, यस्तै कारणहरुले अल्झिएको छ । ‘गीत’ नामको चलचित्रको २५ प्रतिशत काम सकिसकेको छ । अझै छिट्टै नै रिलिज डेट तोकिदैछ । त्यस्तै ‘ब्रेकअप’ नामक अर्को चलचित्रमा पनि कुरा भइसकेको छ । अब सायद छिट्टै आउनेछु ठुलोपर्दामा त्यसपछि दर्शकले हराएको अनुभव गर्नुहुन्न ।

अहिलेसम्म अबिवाहित नै बस्नुभएको छ, केहि योजना छैन ?

योजनाको कुरागर्दा बिवाहको मापदण्ड त पुगेजस्तो लाग्छ । तर पनि बिभिन्न कारणले गर्दा अल्झिएको छु । यहि समयमै गर्छु भन्ने योजनामा त छैन । एकसमय हुन्छ जुनबेला घरबाट पनि बिवाहको प्रेसर हुने, अन्यसाथी भाईहरुको बिवाह भएको देख्दा आफुपनि बेहुला बन्न मन लाग्ने, यी सबैकुरा पार गरिसकियो त्यसैले पनि अब त्यो कुरा मनमा खेलिरहने नहुदा पनि त्यस्तो हतारो छैन । अब सोच्नुपर्ला ।

तपाईलाई अभिनेता राजेश हमालको नक्कली भनेर दाज्ने पनि गरिन्छ, तपाईको हाउबाउ र अनुहारपनि केहि मिल्न जान्छ, तपाईलाई कस्तो लाग्छ ?

यो कुरा मलाई पनि अचम्म लाग्छ, कसैलाई डुब्लिकेट भन्नको लागी कसैको हुबहु नक्कल गरेको हुनुपर्छ, यदि अरुकसैको दुरुस्तै नक्कल गरेको छ भने उसलाई डुब्लिकेट भन्न मिल्छ तर मैले अभिनेता राजेश जीको कुनैपनि नक्कल गरेको छैन । धेरैले डुब्लिकेट राजेश हमाल भनेको सुन्छु यो कुरामा चाँही दुख लाग्छ । हाउबाउ केहि कुरा मिल्न गयो होला तर उहाँको नक्कल गरेको भने होइन ।

अभिनेता हमालसँग तपाईको अनुहार र कपाल पाल्ने स्टाइल केहि मिल्न जान्छ, बोलीपनि केहिमात्रामा उस्तै सुनिन्छ, यो चाँही पहिलेदेखी नक्कल गर्नखोज्नु भएकोकी मिल्नमात्र गएको ?

म गाउँमा हुर्किएको मान्छे हु । सानो छुँदा त्यस्तो धेरै टेलिभिजन हुन्थेन । अभिनेता हमालको चलचित्रहरु हेर्नपनि पाइन्थेन । उहाँको स्टाइल कस्तो थियो त्यो पनि राम्रोसँग थाहा थिएन । मेरो अनुहार केहि मात्रामा मिल्न गयो होला त्यो कसरी भन्ने कुरा त मलाई थाहा भएन तर कपाल पाल्ने कुरा गर्दा मेरो दाईहरुले पनि यसरी नै पालेको देख्न मैले पनि सानैदेखी यसरी पाल्न थालेँ र पछिसम्म यस्तै हुँदै गयो । पछि अभिनेता हमाल जीको पनि यस्तै हुनगएछ । कतिले नक्कल ग¥यो भन्नुहुन्छ तर मलाई थाहा थिएन की उहाँको पनि यस्तै छ । उहाँसँग फोटो जोडेर डुब्लिकेट भनेर आउँदा एकदम दुख लाग्छ, मलाई यो डुब्लिकेट शब्दबाट आपत्ति छ ।

अन्त्यमा, तपाईलाई माया गर्ने दर्शकका लागी तपाईको योजनाबारे बताइदिनुस ।

यहि हो, कलाकारिता क्षेत्रमै छु । टेलिसिरियलहरु प्रसारण भइरहेका छन् हेरिदिनुहोला । चलचित्रको कुरा गर्दा केहि आउनेक्रममा छन् । रिलिज डेट तयभएपछि पक्कै थाहा पाउनुहुनेछ । नयाँ योजनाको कुरा गर्दा हामी केहिसाथीभाई मिलेर होम प्रोडक्सनमा एउटा चलचित्र निर्माण गर्ने सोचमा छौं, छिट्टै त्यसको पनि औपचारिक घोषणा गर्नेछौं ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।)