<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> विश्वभरीका बिभिन्न राष्ट्रले सहभागीता जनाउँदै आएको पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर इन्टरनेसनल’मा अब नेपाल पनि सहभागी हुने भएको छ । ‘मिस्टर इन्टरनेसनल २०१८’ प्रतियोगिताको १२ औं संस्करण देखी अब नेपालले पनि यो प्रतियोगीतामा सहभागीता जनाउने भएको हो । नेपालको लागि पहिलो बर्ष बिराटनगरका साजिद अलामले प्रतिनिधित्व गर्ने भएका हुन् । उनी मिस्टर इन्टरनेसनल २०१८ का शीर्ष विजेता हुन् भने म्यान हन्ट नेपाल २०१८ का सेकेन्ड रनर्स अप हुन् ।</p><p style="text-align: justify; ">‘यस्ता अन्तराष्ट्रिय प्याजेन्टमा सहभागिता जनाउन पाउनु ठूलो अवसर हो। सँगै आफैले यसको फ्रेन्चाइज नेपालमा ल्याउनु चुनौती र गर्व एकसाथ महसुस हुने रहेछ।’, अलामले भने । यो पटक प्रतियोगिता म्यानमारको नेसनल थिएटर अफ यागोनमा हुँदैछ। अप्रिल ३० को दिन हुने फिनालेमा ३० प्रतिस्पर्धी हुनेछन् । विजेतालाई मिस्टर इन्टरनेसनल २०१७ पल इस्कन्दरले ताज पहिराउने छन् ।</p>