अलनेपाल रिलिज हुँदै ‘मधेशी पुत्र २’

फागुन, काठमाडौं ।

नेपालमा रहेका सम्पुर्णहलहरुमा एकैसाथ प्रदर्शन हुने अधिकांश चलचित्र नेपाली भाषाका हुन्छन् । अहिले सम्म बलिउडका र नेपाली भाषाका चलचित्र मात्र देशैभरी एकसाथ प्रदर्शन हुँदै आइरहेका थिए । अब भने नेपालको ईतिहासमा नै मधेशबाट पहिलो चलचित्र अल नेपाल रिलिज हुने भएको छ । ‘मधेशी पुत्र २’ नामक नेपाली र मधेशी दुबैभाषामा निर्माण गरिएको यो चलचित्र आउँदौ चैत ९ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । चलचित्रले समग्र देशको राजनीतिक कथा लाई उठाएको छ । चलचित्रका निर्देशक निराजन कुमार मेहेताले चलचित्रमा बिशेष मधेस आन्दोलनको कथा उठाएको बताए । मेहेताले चलचित्रले सेन्सरमा थुप्रै लफडा खेप्नु परेको समेत सुनाए । तराईको राजनीतिक कथा भएकोले सेन्सरमा गाह्रो भएको हो तर सेन्सर सदश्यहरुबाट भने चलचित्रको राम्रो तारिफ पाएको छ ।’, निर्देशक मेहेताले भने । ‘अहिले सम्मको भोजपपुरी चलचित्रको इतिहासमा नै मधेशको कथा भएको चलचित्र नबनेको र प्रदर्शनमा पनिं देशैभर एकै साथ रिलिज नभएको इतिहास नेपाली चलचित्रमा नगरीमा रहेको छ र यो ईतिहास अब ‘मधेशी पुत्र २’ ले कोर्नेछ ।’, मेहेताले थपे ।

चलचित्रका बितरक सुरज खड्काका अनुसार चलचित्र देशभरका ३५ वटा हलहरुमा एकसाथ प्रदर्शन हुने छ । निर्माता उदित नारायाण शाह अरुणको सोलो लगानीमा निर्माण भएको यो चलचित्र अनुराग फिल्म्सको सातौ प्रस्तुति हो । चलचित्र तराई जिल्ला सप्तरी, सिरहा, धनुषा र भैरहवाका स्थानमा छायांकन गरिएको बताइयो । चलचित्रमा नायक तथा निर्देशक निराजन कुमार मेहेता, निता घिमिएर, धुर्ब कोईराला, प्रविन लाल यादव, मनोज राज देब यादब, उषा पाण्डे, लगायतकाको अभिनय छ । चलचित्रले केहि दिन अघि राजधानीमा बिभिन्न क्षेत्र सँग सरोकार राख्ने व्यक्तिहरु र कलाकारहरुको लागी गरेको बिशेश सो बाट पनि राम्रो तारिफ पाएको थियो ।