बजारमा ‘जय मायाप्रेम’

चैत, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा उदाउँदै गरेका गायक नारायण धितालको स्वरमा चार गीतसमावेश ‘जय मायाप्रेम’ एल्बमको सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एल्बम ‘जय मायाप्रेम’ लाई वरिष्ठ कलाकार नीर शाह र नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

गीतमा अर्जुन रत्न भिकारीको एकल शब्द, चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर रहेको छ । एल्बममा ‘दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्दा बतास’ बोलको गीत समावेश छन् । कार्यक्रममा चारवटै गीतको भिडियोको पनि प्रिमियर गरिएको थियो । सुदिप बरालले खिचेको भिडियो निकै उत्कृष्ट बनेको देख्न सकिन्छ । भिडियोमा निकेश खड्का, तेन्जु योन्जन र युबराज वाइवाको निर्देशन छ । गीतहरुमा प्रियंका कार्की, बेनिशा हमाल, सुष्मा अधिकारी, सोनु घर्तिसँगै अर्जुन, नारायण र चेतनले समेत अभिनय गरेका छन् । तिन गीतको छायाँकन हिमाली भेगको मनोरम दृश्यमा गरिएको छ ।

एक गीतको छायाँकन उत्तम हुमागाईले गरेका हुन् । गीतलाई क्रमस बजारमा ल्याइने जनाइएको छ । टीमले पहिलो कोसेली स्वरूप दाउरा उपहार बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । गीतमा गीतकार अर्जुन रत्न र प्रियंका कार्कीको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गायक धितालले गीतको प्रिमियर सँगै सबैको माया पाउँदा उत्साहित भएको बताए । ‘गीत गाउने रहर सानै देखि नै हो तर विदेश बसाइ भएकोले यसलाई निरन्तरता दिन सकेको थिइन् । तर अब बर्षमा एउटा गीत लिएर दर्शक तथा श्रोता माझ आउने कोसिश गर्नेछु । हाम्रो टीमले दर्शकको रोजाई अनुसारको गीत बनाउन सफल भएको छौ भन्ने विश्वास छ ।’, गायक धितालले भने । उनी बिगत एकदशक बढी समयदेखी बेल्जियम बस्दै आएका छन् । यस्तै गीतकार अर्जुन रत्नले आफुले कोरेका गीतका शब्दहरु दर्शकलाई कत्तिको मनपर्छ त्यसको प्रतिक्रियाको अपेक्षा गरेको बताए । ‘गीतको भिडियोलाई हिमाली भेगको रमणीय दृश्यमा तयार गरेका छौ । आश छ दर्शकले रुचाउनु हुन्छ भन्ने ।’, रत्नले भने । यस्तै संगीतकार सापकोटाले विदेश भ्रमणको क्रममा रत्न र धितामा गीतसंगीत प्रति देखेको लगावकै कारण एल्बम गर्ने निधो गरेको बताए । ‘एल्बममा मैले सबै किसिमको गीत तयार गर्ने कोसिस गरेको छु । गीतको भिडियो निर्माण गर्न कुनै सम्झौता गरिएको छैन् । अर्जुनजीको शब्दलाई नारायणजीले न्याय गरेर गाउनु भएको छ । पहिलो भिडियोको रुपमा स्याद भर्सनको गीतलाई दर्शक माझ ल्याएका छौ ।’, सापकोटाले भने । कार्यक्रममा उपस्थित बरिष्ठ कलाकार निर शाहले तीन वटै श्रष्टामा गीतसंगीतको ठुलो मोह देखेको बताए । साथै गायक तथा गीतहरुले नै भिडियोमा अभिनय गरेको देख्दा अभिनयबाट निकै खुसी लागेको पनि सुनाए ।